सभामुख ओनसरी घर्ती आइपीयुको बैठकमा सहभागी हुन बंगलादेश प्रस्थान

0
274

चैत्र १८,काठमाडौँ । सभामुख ओनसरी घर्ती आज बंगलादेश प्रस्थान गर्नुभएको छ । अन्तर ब्यवस्थापिका संघ आइपीयु को बैठकमा सहभागी हुन उहाँ आज भारतको नयाँदिल्ली हुँदै ढाका प्रस्थान गर्नुभएको हो ।

Advertisements

जेट एयरको बिमानबाट बिहान ९ बजेर ५० मिनेटमा दिल्ली उड्नु भएकी सभामुख घर्ती आजै ढाका पुग्नु हुने छ । ६–६ महिनामा हुने बैठकमा सभामुख घर्तीले पछिल्लो संसदीय गतिविधि, उपलब्धि र आगामी योजनाबारे जानकारी गराउनु हुनेछ ।

ढाका बसाईका क्रममा घर्तीले बिभिन्न मुलुकका सभामुख, उपसभामुख, सांसदहरुसँग भेटवार्ता गर्नुहुने शर्माले बताउनुभयो । सभामुख घर्ती आगामी बिहीवार काठमाडौं फर्कनु हुनेछ ।

LEAVE A REPLY