विश्वकपमा ६ देशबीच प्ले अफ खेलाउन ,फिफाको प्रस्ताव

0
261

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ मा हुने विश्वकप फुटवलमा ६ देशबिच प्लेअफ खेलाउने प्रस्ताव अघि बढाएको छ ।  ६ देशबिच प्लेअफ खेलाउने प्रस्तावमाथि आउँदो मे ९ मा फिफाको बैठकले निर्णय गर्नेछ ।

Advertisements

फिफाको ५ महादेशले सन् २०२६ मा हुने विश्वकपमा आफ्नो क्षेत्रबाट अहिले पाउदै आएको कोटाभन्दा बढी टोलीको सहभागिता मागेपछि फिफाले ६ देशबिच प्लेअफ गराएर उत्कृष्ट दुई राष्ट्रलाई ४८ देशभित्र स्थान दिने प्रस्ताव अघि बढाएको हो । यो प्रस्ताव पारित भए फिफाले ५ महादेशबाट १–१ राष्ट्र र ओसियाना समूहबाट एक राष्ट्र गरी ६ टिमलाई प्लेअफको मौका दिने छ ।

फिफाको जनवरीमा बसेको बैठकले सन् २०२६ मा हुने विश्वकपमा ४८ देशले सहभगिता जनाउने निर्णय पारित गरेको थियो । तर, विश्वकपमा ४८ राष्ट्र सहभागी हुने भनिएपनि महादेशलाई कति कोटा दिने भन्नेबारे फिफाले केहि निर्णय गरेको छैन । त्यसअघि रुसमा हुने सन् २०१८ को विश्वकपमा भने अहिले रहदै आएका ३२ देशले सहभागिता जनाउने छन् ।

LEAVE A REPLY