विराट कोहलीले आफ्नो विज्ञापनको रकम बढाए

0
247

इकोनोमिक टाइम्सका अनुसार भारतीय टेस्ट टोलीका कप्तान विराट कोहलीले आफ्नो विज्ञापनको रकम बढाएका छन्। अब उनी एक दिनको विज्ञापनका लागि ८ करोड रुपैयाँ (भारु ५ करोड) पारिश्रमिक लिने छन्। यसअघि उनी ५ देखि ५ करोड ८० लाखसम्म लिने गर्थे। कोहलीले पेप्सीसँगको नयाँ अनुबन्धभन्दा अगाडि आफ्नो पारिश्रमिकलाई बढाएका हुन्। आफ्नो बढेको पारिश्रमिक मूल्यसँगै कोहली भारतमा फिल्मी स्टारभन्दा बढी कमाउने व्यक्ति बन्न पुग्ने छन्। तर यस सम्बन्ध  उनको व्यवसाय हेर्ने एजेन्सी कोर्नरस्टोन स्पोर्ट्सले कुनै प्रतिक्रिया जनाएको छैन। तर, उसले पेप्सीको विज्ञापन कोहलीसँगै रहोस् भन्ने विषयमा आफ्नो सरोकार रहेको बताएको छ।

Advertisements

LEAVE A REPLY