हर्टअट्याक पछि अपनाउनु पर्ने ५ सावधानी

0
303

रोग लाग्नु भन्दा रोग नै लाग्न नदिनु उत्तम हो तर  सावधान हुँदा हुँदै पनि कहिले काँही हुने  हृदयाघात जस्तो डरलाग्दो अट्याक पछि अपनाउनु पर्ने ५ सावधानी उपायहरु  उल्लेख गरिएको छ ।

Advertisements

उपचारका बारेमा : चिकित्सकको सल्लाहअनुसार नै औषधि खानुपर्छ । आफ्नै इच्छाले मात्र कम गर्नु, बढाउनु वा खाँदैं नखानुले अर्को हृदयाघात निम्त्याउन सक्छ । चिकित्सकको सल्लाहअनुसार इसिजी, इकोकार्डियोग्राफी र पोटासियमको जाँच समय समयमा गराइराख्नुपर्छ ।

शारीरिक गतिविधिका बारेमा : शारीरिक गतिविधि सामान्य रुपले कति दिनमा गर्ने हो, सो कुराको जानकारी चिकित्सकसंग लिनुपर्छ । बिरामीले बिस्तारै बिस्तारै प्रतिदिन गतिविधि बढाउँदैं लैजानुपर्छ र लगभग २, ३ हप्तापछि अफिस जाने या सामान्य कार्य गर्न सक्नेहुन्छ । हेभी एक्सरसाइज गर्नुहुँदैंन । यसका बारेमा  आफ्नै मुटुरोग विशेषज्ञसंग छलफल गर्नुपर्छ ।

यौनक्रिया र गाडी चलाउनेबारे :  यौनक्रियामा संलग्नता र गाडी चलाउने काम ३ हप्तापछि गर्न मिल्छ । तर, यसबारे पनि डाक्टरको सल्लाह लिनुपर्छ ।

खानाका बारेमा  : खानामा नुन, चिनी र चिल्लो कम गर्नुपर्छ । सागपात र फलफुल बढी खानुपर्छ । खाना खाएपछि तुरुन्तै हिड्नु हुँदैंन । खाना थोरै–थोरै बरु धेरैपटक खान मिल्छ। मुटु रोगीले दिउँसो खाना खाएपछि एकछिन भएपनि सुत्नु वा आराम गर्नु जरुरी छ ।

धूमपान र मदिरा सेवनका बारेमा  : हृदयाघात भइसकेका व्यक्तिले एउटासमेत चुरोट सेवन गर्न मिल्दैन । अरुले सेवन गरेको धुवाँले पनि नराम्रो असर गर्छ ।

LEAVE A REPLY