पानीको महसुल नतिर्ने राष्ट्रपतिदेखि प्रधानमन्त्री कार्यालयसम्म, बक्यौता तिर्न भन्दै पत्र काटियो

0
215

काठमाडौँ , १८ चैत्र । खानेपानी तथा सरसफाइ मन्त्री जीवनबहादुर शाहीको निर्देशनमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को लामोसमय देखि बाँकी रहेको खानेपानीको बक्यौता रकम नतिर्ने मन्त्रालयहरूलाई पत्र काटिएको छ ।

Advertisements

मन्त्री शाहीले खानेपानीको बक्यौता नतिर्ने मन्त्रालय र सरकारी कार्यालयहरूमा पानी आपूर्ति बन्द गर्न निर्देशन दिएसँगै पहिलो चरणमा राष्ट्रपति कार्यालय सहित विभिन्न मन्त्रालयहरूलाई खानेपानीको बक्यौता तिर्न भन्दै ताकेता सहितको पत्र काटेको हो ।

मन्त्री शाहीले पहिलो चरणमा मन्त्रालय , त्यसपछि सरकारी निकाय , सरकारी संस्था र स्थानीय तहलाई खानेपानीको बक्यौता रकम भूक्तानी गर्ने विषयमा लिखित रुपमा पत्र काट्न निर्देशन दिएका छन् ।

LEAVE A REPLY