सहकारी तथा गरिवी निवारण मन्त्रालयले अधिकार पाएको छैन : मन्त्री थानी

0
374

चैत २१ गते । सहकारी तथा गरिवी निवारण मन्त्री हृदयराम थानीले सहकारी  मन्त्रालयसँग  सम्बन्धीत अधिकार अर्थ मन्त्रालय र स्थानिय विकास मन्त्रालयलाई दिइएको आरोप लगाएका छन् । नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेड (नेफ्स्कुनं) ले राजधानीमा  आयोजना गरेको लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै मन्त्री थानीले गरिवी निवारण कोषलाई गरिवी निवारण मन्त्रालयमा नदिने हो भने सो मन्त्रालयको आवश्यक्ता नरहेको  समेत बताएका छन् ।उनले ‘गरिवसँग विश्वेश्रर  ’भन्ने कार्यक्रम स्थानीय विकास मन्त्रालयलाई दिइएको कुरामा पनि आपत्ति व्यक्त गरे ।

Advertisements

साथै मन्त्री थानीले सहकारीले गरिवी निवारण गर्न एवं महिलाको नेत्तृत्व विकासका निमित्त महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । यसैगरी उनले सहकारीमा कालो धन भित्रिएको भन्ने कुरातर्फ संकेत गर्दै यस कुरामा चिन्तित भएको भाव व्यक्त गरे । सबै सहकारी सही नियतले स्थापना नभएको कुरा औँलाउँदै १३३ सहकारीले जनतासँग उठाईएको १० अर्व रुपैँया फिर्ता गर्न नसकेको प्रस्ट पारे ।

नेफ्स्कुनका निवर्तमान अध्यक्ष क्रिषीराज घिमिरेले भने “देश हाम्रै हातमा छ सरकारलाई सुशासन सिकाउने हामीले नै हो र त्यो पदमा हुँदा नै गर्न सकिन्छ ।”सोही अवसरमा केन्द्रिय सहकारी संघका अध्यक्ष केशव बडालले दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने कुरामा जोड दिए । साथै बडालले जातीय विभेद गर्ने मानिस  सहकारीमा बस्न नमिल्ने भन्दै छुवाछुतबाट सहकारी क्षेत्रलाई माथि उठाउनुपर्ने बताए ।राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुङ्गेलले सन् २०१५ मा युवा सुचकाङ्कमा नेपाल १७४ औँ स्थानमा भएको र त्यो अहिले ७७ औँ स्थानमा पुगेको बताए । साथै उनले एक शैक्षिक संस्था एक उद्योग भन्ने नाराका साथ युवा परिषद अघि बढ्न लागेको र यसमा सहकारी क्षेत्रको साथ रहने विश्वास व्यक्त गरे ।

नेफ्स्कुनका अध्यक्ष डीबी बस्नेत ले ६०औँ बर्ष पार गरी ६१ औँ बर्षमा लागेको सहकारी क्षेत्रको व्यवस्थापन गर्नुपर्ने नत्र ठूलो दुर्घटना हुने बताए । साथै यस कार्यमा सञ्चार क्षेत्रले महत्पूर्ण भूमिका खेल्न नसेको गुनासो गरे । होटल सोल्टीमा आज बाट सुरु भएको सो गोष्ठी दुई दिनसम्म सञ्चालन हुनेछ । उक्त गोष्ठीमा करीब ४५० जनाको सहभागिता रहेको छ ।

LEAVE A REPLY