नयाँ बर्ष को दिन बाट काठमाडौं उपत्यकाभित्र हर्न बजाउन निषेध गरीने

0
297

चैत २१ गते काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र आकस्मिक बाहेकको अवस्थामा सवारी हर्न निषेध गर्ने निर्णय गरेको छ । काठमाडौं महानगरपालिकाको पहलमा आइतबार बसेको सरकारी सरोकारवाला निकायको बैठकले काठमाडौंलाई अनावश्यक हर्न निषेधित क्षेत्रका रुपमा परिणत गर्ने निर्णय गरेको हो । अब ०७४को वैशाख १ गतेदेखि काठमाडौं उपत्यकाभित्र गुड्ने सबै सरकारी, पर्यटकबाहक, सार्वजनिक र निजी सवारीले हर्न बजाउन नपाउने काठमाडौं महानगरपालिकाका प्रमुख तथा कार्यकारी ईश्वरराज पौडेलले बताए ।यदि हर्न बजाएमा सवारीलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरी र यातायात ब्यवस्था विभागले ५ हजार रुपैयाँसम्म जरिवाना गर्नेछ ।यो नियम एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकल लगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारीका हकमा लागू हुनेछैन ।
यसले ध्वनी प्रदुष नियन्त्रण भएर सर्वसाधारणलाई पनि सहज हुनेछ ।

Advertisements

 

LEAVE A REPLY