देश खारेजको नारा बेहोसीमा लगाएको भन्दै हिसिलाले माफी मागिन्

0
276

२१ चैत, काठमाडौं । नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीले देश खारेजको नारा बेहोसीमा लगाएको भन्दै क्षमा मागेकी छन् ।हिजो निर्वाचन आयोगमा धर्ना दिने क्रममा यमीले ‘देश खारेज गर’ भन्दै नाराबाजी गरेको भन्दै व्यापक आलोचना भइरहेको बेला उनले आज पत्रकार सम्मेलन गरी माफी मागेकी हुन् ।उनले आयोग धर्नाका क्रममा धकेलाधकेल हुँदा आफू निकै आवेगमा आएको तथा बेहोसीपन जस्तै अवस्था भएकाले भूलबस नारा लगाउँदा गलत शब्द उच्चारण हुन पुगेको उनले दाबी गरिन् ।

Advertisements

LEAVE A REPLY