स्थानीय चुनावको मिति नजिकिँदै जाँदा देउवा र ओलीको जुवारी

0
251

२२  चैत, काठमाडौं । स्थानीय चुनावको मिति नजिकिँदै जाँदा दुई ठूला दल कांग्रेस र एमालेका शीर्ष नेता आरोप/प्रत्यारोपमा उत्रिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्ति चुनावकेन्द्रित देखिन थालेका हुन् ।देउवाले शनिबार इटहरीमा एमालेका गतिविधि विखण्डनलाई सघाउ पुग्ने खालका भएको भन्दै ओलीको तीव्र आलोचना गरेका थिए । लगत्तै आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति देउवालाई जथाभावी नबोल्न चेतावनी दिएका छन् ।आफ्नो गाउँबाहेक केही नहेर्नेले जथाभावी बोलेर हिँडेका छन् । उनलाई म सम्हालिएर बोल्न आग्रह गर्छु, पार्टीको काठमाडौं जिल्ला संगठन कमिटीले आयोजना गरेको स्थानीय चुनावी अभियान आरम्भ गर्दै ओलीले भने ।

Advertisements

प्रदेशका नाममा देश विखण्डन गर्ने काम कांग्रेसले गरिरहेको आरोप लगाउँदै उनले आगामी चुनावमा जनताले कांग्रेसलाई दण्डित गर्नुपर्ने बताए । मधेसी मोर्चाको नाममा देउवाले विखण्डनकारी गतिविधि गरिरहेको आरोप उनले लगाए । एमालेले सिंगै मुलुकको समृद्धिको कुरा गर्दा देउवालाई असह्य भएको ओलीले टिप्पणी गरे ।

आईजीपी नियुक्तिमा देउवाले लिएको अडानप्रति कटाक्ष गर्दै ओलीले भने,पुलिसको आईजीपीसमेत आफ्नै जिल्ला, गाउँकालाई नभई नहुने र छुद्र व्यवहार देखाउनेले एमालेप्रति टिप्पणी गर्न सुहाउँदैन ।कांग्रेसलाई झाडीमा पसेको बाह्रसिंगेसँग तुलना गर्दै उनले थपे,विचरो कांग्रेस कतै चल्मलाउन सक्दैन । यसको सिङ देशभित्र मात्रै होइन, विदेश, मोर्चा, माओवादी, बाबुराममा पनि अड्केको छ । कहाँ अड्केको मात्रै फुकाओस् रकांग्रेससँग अब भ्रम फिँजाउनेबाहेक उपाय नभएको दाबी उनले गरे ।

स्थानीय निर्वाचनपछि मुलुक एमालेमय हुने दाबी गर्दै उनले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई निर्वाचन बिथोल्न नियोजित रूपमा लागेको आरोपसमेत लगाए । कार्यक्रममा ओलीले एमालेका काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईलाई सूर्य चिह्नअंकित झन्डा हस्तान्तरण गर्दै चुनावी अभियानको औपचारिक सुरुवात भएको घोषणा गरेका थिए ।

ओलीले स्थानीय निर्वाचन घोषणापत्र प्रस्तुत गर्दै भने, तपाईंहरूले देख्नुभएको छ, डुब्न लागेकाले त्यान्द्रोको सहारा खोज्छ । एउटाले यहाँबाट दौडेर उताको त्यान्द्रो समात्यो । अर्कोले उताबाट दौडेर यताको त्यान्द्रो समात्यो । अब कसैले पनि कुनै त्यान्द्रो समातेर एमालेसँग, देशभक्तिसँग प्रतिस्पर्धा गर्न सक्दैनन् ।

एमालेले अब मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, वडाअध्यक्ष, सदस्य जितेपछि थकाइ मार्ने ओलीले बताए ।यो निर्वाचन एउटा विचार चुन्ने निर्वाचन हो । देश बचाउने शक्ति, देशलाई माया गर्ने, देशको शिर निहुरिन नदिने शक्ति एकातिर हुने निर्वाचन हो, ओलीले भने ।

कतिपय विदेशीले उपदेश दिन खोजेको धारणा व्यक्त गर्दै उनले भने, हामी सही कुरामा, देशका निम्ति ठीक कुरामा, जनताका भलाइ हुने कुरामा सहमत हुन्छौं, अरू कुरा मान्दैनौं ।अन्नपूर्णपोष्ट बाट

 

LEAVE A REPLY