महोत्तरीमा २९ राजनीतिक दल दर्ता

0
198

चैत २२ ,गौशाला । स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि महोत्तरी जिल्ला निर्वाचन कार्यालयमा २९ वटा राजनीतिक दल दल दर्ता भएका छन् ।

Advertisements

स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि आयोगले दिएको दल दर्ताको समय अवधिभित्र महोत्तरीमा २९ वटा राजनीतिक दलहरुले दल दर्ता गराएको निर्वाचन अधिकारी पिंकी रायले बताए ।

उनले आयोगले दिएको दल दर्ताको समयभित्र दल दर्ता नगराएका राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा भाग लिन नपाउने आयोगको नियम रहेकाले बाँकी रहेका दल स्थानीय तहको निर्वाचनबाट वञ्चित हुने तर स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको लागि दर्ता आवश्यक नरहेकाले जति पनि स्वतन्त्र उम्मेदवारले स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने जानकारी दिए । रासस

LEAVE A REPLY