विश्व खेलकुदमा डोपिङ समस्या १४ प्रतिशतले वृद्धि

0
284

काठमाडौं । विश्व खेलकुदमा प्रतिबन्धित शक्तिवर्धक औषधि सेवन (डोपिङ) को समस्या प्रत्येक वर्ष बढ्दै गएको अध्ययनले देखाएको छ । खेलकुद डोपिङबारे अध्ययन गर्ने स्वतन्त्र संस्था विश्व एण्टी डोपिङ एजेन्सी (वाडा) ले निकालेको पछिल्लो तथ्यांकअनुसार डोपिङ समस्या हरेक वर्ष बढ्दै गएको छ ।

Advertisements

वाडाको तथ्यांकअनुसार पछिल्लो दुई वर्षको अवधिमा डोपिङमा पर्ने खेलाडीको संख्या १४ प्रतिशतले बढेको देखाएको छ । तथ्यांकअनुसार सन् २०१५ मा विश्वका १९ सय २९ खेलाडी डोपिङ परीक्षणमा असफल भएका छन् र असफल खेलाडीहरु कारबाहीमा परेका छन् । वाडाको अनुसार अघिल्लो वर्ष १६ सय ९३ खेलाडी डोपिङ परीक्षणमा असफल भएका थियो ।

यस्तै पछिल्लो समय डोपिङ परीक्षणमा कडाई, नयाँ प्रविधि तथा गोप्य छानविन जस्ता कारणले डोपिङ परीक्षणमा असफल हुने खेलाडी संख्यामा वृद्धि हुने वाडाका अध्यक्ष सर क्रेग रेडीले बताए । उनका अनुसार सन् २०१६ को प्रतिवेदन आउँदा यो संख्या झनै बढ्ने छ ।

यस्तै, वाडाको सहयोगमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले सन् २००८ को बेइजिङ ओलम्पिक र २०१२ को लण्डन ओलम्पिकमा सहभागी तथा विजेता खेलाडीको पुनः डोपिङ परीक्षण गर्ने भएको छ । ओलम्पिकमा सहभागी खेलाडीले व्यापक मात्रामा औषधि प्रयोग गरेको प्रमाणहरु वाडाले पत्ता लगाउन थालेपछि आईओसीले पुनः खेलाडीको परीक्षण गर्ने भएको हो ।

LEAVE A REPLY