मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), राष्ट्रिय जनमुक्ति पार्टी र दलित जनजाति पार्टीबीच एकता

0
510

२३ चैत, काठमाडौं । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), राष्ट्रिय जनमुक्ति पार्टी र दलित जनजाति पार्टीबीच एकीकरण भएको छ। बुधबार राजधानीमा आयोजित एक कार्यक्रमबीच तीन पार्टीको एकीकरण घोषणा गरिएको हो।

Advertisements

एकीकरणसँग यो पार्टी संसदमा पाँचौ ठूलो दल बनेको छ। फोरम लोकतान्त्रिकका १४, जनमुक्ति पार्टीका २ र दलित जनजाति पार्टी १ जनासहित यो पार्टीका १७ सांसद पुगेका छन्।एकीकरणपछि पार्टीको नाम नेपाल लोकतान्त्रिक फोरम राखिएको छ।

यसअघि उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपालले अशोक रायका पार्टी संघीय समाजवादी पार्टीसँग एकीकरण गरि १५ जना सभासद्को पार्टी बनाएको थियो । अर्थात उपेन्द्रको गच्छदारको फोरम लोकतान्त्रिक भन्दा एकसीटले ठूलो पार्टी भएको थियो ।अब फोरम लोकतान्त्रिक फोरमभन्दा दुई सीटले अगाडि  छ ।

LEAVE A REPLY