राष्ट्र बचाउन काँग्रेसले चुनाव जित्नु आवश्यक छ :देउवा

0
212

काठमाडौं, चैत २३-नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रलाई बचाउन पनि आफ्नो पार्टीले चुनाव जित्नैपर्ने दावी गरेका छन्। सभापति देउवाले लोकतन्त्रको सुदृढिकरणका लागि पनि स्थानीय तहको निर्वाचनमा पार्टी विजयी हुनैपर्ने जिकिर गरे।

Advertisements

स्थानीय तहको निर्वाचनका सम्बन्धमा काठमाडौंमा बिहीबार आयोजित पार्टी निकट बुद्धिजीविहरुसँगको सामूहिक छलफलमा बोल्दै उनले एमाले र माओवादी केन्द्रले बहुदलीय परिपार्टी उपयोगमात्रै गरेको उल्लेख गर्दै त्यसको सुदृढिकरण गर्न पनि काँग्रेसले चुनाव जित्नुपर्ने तर्क पनि गरे। उनले आगामी निर्वाचनलाई पार्टीको प्रतिष्ठासँग पनि जोडिएको उल्लेख गर्दै निर्वाचन प्रचार अभियानमा जुटन पनि पार्टी नेता कार्यकर्तालाई निर्देशन दिए।

सभापति देउवाले गाउँ–गाउँमा गएर पार्टीको पक्षमा जनमत निर्माण गर्ने कार्यमा ढिलाई नगर्न पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए।

LEAVE A REPLY