सडक विस्तारको विरोधमा रत्नपार्कमा रिले अनसन

0
227

चैत २३,काठमााडौ – मुलुकका विभिन्न स्थानमा हुदै गरेको सडक विस्तार गैरन्यायिक भएको भन्दै काठमाडौको रत्नपार्कमा रिले अनसन सुरु भएको छ । काठमाण्डौ उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिको अगुवाईमा रिले अनसन सुरु भएको हो ।
सडक विस्तारबाट पीडित भएको दाबी गर्दै सो समुहले यस अघि विरोध प्रर्दशन गर्दै आएका थियो । पीडितहरुलाई सहमतिमा ल्याई घरजगगाको पर्याप्त तथा चलनचल्तीको बजार मूल्य अनुसारको क्षतिपूर्ति तथा मुआब्जा दिएर मात्र सडक विस्तार गरिनुपर्ने उनीहरुको माग छ ।
विस्तारित सडक भित्र पर्ने नागरिकलाई उठिबास नगरि उचित बसोबासको व्यवस्था गर्नुपर्ने माग गर्दै रिले अनसनमा बसेको पीडितले बताएका छन् ।
घरबासबाट उठिवास लगाएको कारण पर्न जाने समस्याको निराकरण गर्न पुनस्थपनाको व्यवस्था गर्नुपर्नेमा पनि सरकार वेपरवाह बनेको उनीहरुले आरोप लगाएका छन् ।

Advertisements

LEAVE A REPLY