भूकम्प पिडितलाई सहुलियत कर्जा उपलब्ध गराउन पुनर्निर्माण प्राधिकरणको निर्देशन

0
293

चैत २३,काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पिडितहरुले बैकहरुबाट सहज रुपमा कर्जा नपाएपछि पिडितहरुलाई आवास पुनर्निर्माणका लागी सहुलियत रुपमा कर्जा उपलव्ध गराउने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।

Advertisements

बैक तथा बित्तिय सस्थाहरुले भूकम्प पिडितलाई सहज रुपमा कर्जा उपलब्ध नगरेकोले पुर्ननिर्माण प्राधिकरणले सहज रुपमा कर्जा उपलब्ध गर्न निर्देशन दिएको हो । भूकम्प पिडितहरुले बैंक तथा वित्तिय संस्थाहरुबाट सहज रुपमा कर्जा प्राप्त गर्न नसकेको र बैंकहरुले कोटा सकिएको भनी कर्जा दिन इन्कार गरेको गुनासो बढेको छ । पुर्ननिर्माण प्राधिकरणले राष्ट्र बैंकलाई यस्तो निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंकले तर्जुमा गरेको कार्यविधिको आधारमा २ प्रतिशतको सहुलियत ब्याज दरमा काठमाण्डौ उपत्यकाभित्र २५ लाख रुपैयासम्म र उपत्यकाबाहिर १५ लाख रुपैया सम्म भूकम्पपिडित बिशेष आवास कर्जा उपलब्ध गराइने ब्यवस्था भएपनि भूकम्प पिडित जनताले सहुलियतमा कर्जा पाएका पाउन सकेका छैनन ।

LEAVE A REPLY