एकल महिला

0
302

-सरिता शर्मा
कलंकी

Advertisements

 कविता
यो मुटुको धड्कन तिमी यो दिल भित्र लुक्ने
चोट लाग्दा दुबैलाई बराबरी दुख्ने ।
सँगै बाच्ने मर्ने कसम खाएका ति दिन
सुख दुःख नछुटिने हामी एकै छिन ।।

लालाबाला छोराछोरी एक आपसममा बोक्थ्यौँ
यो मेरो यो चाहिँ तिम्रा हाँसीहाँसी खोस्थ्यौँ ।
भन्थ्यौँ पहिले एक अर्काको साथ पाए पुग्छ
त्यो शब्दले पोल्छ सधैँ अहिले यो दिल दुग्छ ।।

विपना नि सपना भो सधैँ एक्लै बस्दा
हाँस्न पनि बिर्से मैले सँधै आँसु खस्दा ।
सवै देख्छु हाँसी खुसी, आफु उदास जस्तो
समयको खेल रहेछ विवशता नि कस्तो ?

अतीतका ति दिन पनि सपना भो
आज एक्लो जस्तो महशुस गर्छु ।
लाखौँ जुनि राख्छु भन्थ्यौ तिम्रो त्यो दिल माझ
मेरो दिलको धड्कन तिमी कता गयौ आज ?

छोराछोरी गनगन गर्छन अनेकथरी प्रश्न
उत्तर दिन गाह्रो भयो, थाल्यो आँसु खस्न ।
कुरा गर्छन अनेक थरि यो कानले सुन्छ
डाँडा पाखा मेलापात मेरै गफ हुन्छ ।।

पीडामाथी झनै पीडा थपिँदैछ अझ
रहन गाह्रो भयो मलाई यो समाजको माझ ।
डिग्री गर्ने मित्रले नि मेरै कुरा गरे
झट्ट मेरो कानमा प¥यो लोग्ने पिराई अरे ।

लोग्ने मरे मरे, समान लोग्ने बिग्रे बिग्री
सबको सोच उस्तै भए के काम त्यो डिग्री ।।

LEAVE A REPLY