‘रूसको मेट्रो विस्फोट आत्मघाती’

0
240

बीबीसी

Advertisements

चैत्र २३, मस्को   – रूसको सेन्ट पिटर्सबर्गस्थित मेट्रो स्टेसनमा भएको विस्फोट आत्मघाती भएको सरकारी छानबिन समितिले जनाएको छ । विस्फोटमा १४ जनाको मृत्यु हुनाको साथै ४९ जना घाइते भएका थिए ।

छानबिन समितिले संदिग्ध आक्रमणकारीको पहिचान भइसकेको बताए पनि नाम सार्वजनिक गर्न भने अस्वीकार गरेको छ ।

आक्रमणकारीको शवका टुक्रा ट्रेनभित्र फेला परेका थिए । यसअघि किर्गिजस्तानको सुरक्षा सेवाले आक्रमणकारी अकबार्झोन जालिलोभ भएको बताएको थियो । किर्गिज सहर ओसमा जन्मिएका २२ वर्षीय उक्त आक्रमणकारीले रूसी नागरिकता लिएको बताइएको छ ।

आक्रमणको अहिलेसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । रूसी विदेशमन्त्री सेर्गेई लाभरोभले किर्गिज समकक्षी एर्लान अब्दिल्यायेभसँग बैठक गरी आतंकवादविरुद्धको लडाइँमा संयुक्त प्रयास आवश्यक भएको फेरि एकपटक देखिएको बताएका थिए ।

सेन्ट पिटर्सबर्गका अधिकारीहरूले तीन दिनको शोक घोषणा गरेका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले पनि सोमबार साँझ घटनास्थलको भ्रमण गरी मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

 

LEAVE A REPLY