‍कसैले खरिद नगरेका इशान्त शर्मा किङ्स इलेभेनबाट खेल्ने

0
247

चैत २३ एजेन्सी । चोटका कारण खेलाडीहरू लगातार टिमबाट बाहिरिन थालेपछि आइपिएल खेल्ने टिमले अक्सनमा नबिकेका खेलाडी भित्र्याउन थालेका छन्। भारतीय टेष्टटिमका पेस बलर इशान्त शर्मालाई अक्सनमा कसैले खरिद नगरेपनि खेलाडी घाइते भएपछि किङ्स इलेभेन पञ्जाबले भित्र्याएको छ।

Advertisements

शर्मालाई चोटले ग्रस्त भएका मुरली विजयको स्थानमा राखेको हो। २८ वर्षीय तिब्र गतिका बलर शर्मालाई फेब्रुअरीमा भएको अक्सनमा कसैले खरिद गरेका थिएनन्। काँधमा चोट बोकेका मुरली विजय आइपिएलको पुरै सिजन नखेल्ने भएका छन्। त्यसैले पञ्जाबले शर्मालाई लिएको हो। अघिल्लो संस्करणमा धोनीको टिम राइजिङ पुणे सुपरजाइन्ट्सबाट खेलेका शर्मालाई यद्यपी प्लेयइ ११ मा पर्न मुस्किल देखिएको छ।

पञ्जाबी टिममा तिब्र गतिका बलर सन्दीप शर्मा, युवा टी नटराजन, अनुरीत सिंह, वरुण एरन ,मोहित शर्मा र म्याट हेनरी जस्ता बलर भएकाले पनि उनलाई प्लेइङ ११ मा पर्न चुनौती देखिएको छ।

LEAVE A REPLY