आईपिएल क्रिकेटमा साबिकको विजेता सनराइजर्सको विजय सुरुवात

0
279

चैत २४,काठमाडौँ । साबिक विजेता सनराइजर्स हैदरावादले दशौं सस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा विजय सुरुवात गरेको छ । सनराइजर्स हैदरावादले  बुधबार राति भएको उद्घाटन खेलमा साबिकको उपविजेता रोयल च्यालेन्जर्स बैंग्लोरलाई ३५ रनले पराजित गर्दै विजय सुरुवात गरेको हो ।

Advertisements

राजिब गान्धी अन्तर्रा्ष्ट्रिय क्रिकेट स्टेडियममा घरेलु मैदान टोलि सनराइजर्सले दिएको २०८ रनको लक्ष्य पछ्याएको बैंग्लोर १९ ओभर ४ बलमा अलआउट हुदै १७२ रनमा समेटियो । कप्तान विराट कोहली बिना मैदान उत्रिएको बैंग्लोरका लागि क्रिस गेलले ३२, केदार जाधवले ३१ तथा ट्रेविस हेडले ३० रन बनाए । त्यस्तै मन्दिप सिहंले २४ तथा सेन वाट्सनले २२ रन जोडेपनि अन्य ब्याट्सम्यान खुलेर खेल्न सकेनन् ।

बैंगलोरलाई सस्तैमा समेट्ने क्रममा सनराइजर्सका आषिश नेहरा, भुवनेश्वर कुमार र रशिद खानले समान दुई दुई विकेट लिए । यो खेलसँगै नेहराले आइपिएलको इतिहासमा एक सय विकेट लिन सफल भएका छन् । यस्तै उनी आईपिएलमा सय विकेट लिने आठौं खेलाडी समेत बने । यस्तै एसोसियट राष्ट्र अफगानिस्तानका रशिदले आईपिएलको डेब्यु खेलमै विकेट लिए  ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सनराइजर्सलेनिर्धा्रित २० ओभरमा ४ विकेट गुमाएर २०७ रनको उच्च योगफल तयार गरेको थियो । कप्तान डेभिड वार्नरलाई मात्र १४ रनमा गुमाएपनि सनराइजर्सलेउच्च स्कोर बनायो । सनराइजर्सको उच्च स्कोरमा युवराज सिंह र मोइसिस हेनरिकले अर्धशतकीय पारी खेले । सिहंले ६२ तथा हेनरिकले ५२ रन जोडे । यस्तै शिखर धवनले ४० रन बनाए ।

LEAVE A REPLY