पूर्व राजा ज्ञानेन्द्र शाहको नातीको ब्रतबन्धको भोजमा राष्ट्रपति भण्डारी पनि

0
1308

चैत २४ ,काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहका नाती  हृदयन्द्रको उपनयन (व्रतबन्ध)को भोजमा राष्ट्रपति विद्या देवी भण्डारी सरिक भएकी छन् । पूर्व राजा शाहको विशेष निमन्त्रणामा राष्ट्रपति भण्डारी भोजमा सरिक भएका हुन् ।

Advertisements

केहि दिन अघि निर्मल निवासमा सम्पन्न भएको पूर्व राजा शाहका नाती व्रतबन्धको भोज  होटल सोल्टीमा राखिएको थियो । ज्ञानेन्द्रले नेपाली तथा भारतीय जोगिदेखि नेपालका राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री सभामुख, मन्त्री लगायतलाई भोजका लागि निम्ता गरेका छन् । सोही निमन्त्रणालाई स्वीकार गर्दै राष्ट्रपति भण्डारी भोजमा सरिक भएकी हुन् ।

यस अघि पूर्व राजा शाह पनि राष्ट्रपति विद्या देवी भण्डारीकी छोरीको विवाहमा राष्ट्रपतिको विशेष निमन्त्रणामा राष्ट्रपति भवन शीतल निवास पुगेका थिए ।

 

LEAVE A REPLY