विद्युत उत्पादन,१० बर्षमा २० हजार मेगावाट : उर्जा मन्त्री शर्मा

0
327

 वैशाख ४,काठमाडौं–उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले अव १० बर्षमा कम्तिमा २० हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने वताएका छन् । राजधानीमा सोमबार उर्जा मन्त्रालयले आयोजना गरेको नियमित विद्युत आपुर्तिको अर्थतन्त्रमा प्रभाव विषयक अन्र्तक्रियामा उर्जा मन्त्री शर्माले यस्तो वताएका हुन् ।

Advertisements

उनले सरकारकै नेतृत्वमा ठूला आयोजनाको निमार्ण गर्न सकिने तर्क समेत राखे । सरकारले आगामी ५ बर्षमा नलसिंहगाढ, वुढीगण्डकी, पश्चिम सेती, सुनकोशी जस्ता ठूला आयोजना निमार्ण गर्न सक्ने र त्यस्ता आयोजनाको लक्ष्य अनुरुप विजुली उत्पादन हुने बताए । मन्त्री शर्माले प्रत्येक घरधुरलिार्य न्युनतम् एक लाख रुपैयाँको सेयर उपलव्ध गराएर विजुली उत्पादन गर्नुपर्ने बताए ।

‘विजुली उत्पादनका लागि सरकारले छुट्टै कोष वनाएर प्रत्येक घरधुरीलाई एक लाख रुपैयाँ देखि अधिकतम आफ्नो क्षमता अनुसार सेयर हाल्ने व्यवस्था गर्छ’ उनले भने, ‘एक लाख सेयर हाल्न नसक्नेलाई काम लगाएर श्रमको आधारमा सेयर दिन सकिनेछ ।’ स्वदेशी पुँजीमै ठूला आयोजना निमार्ण गर्न यस्तो व्यवस्था अपरिहार्य रहेको उनको भनाइ छ ।

नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले अव सदाका लागि लोडसेडिङ अन्त्य हुने दावी गरे । ‘पहिलो चरणमा विद्युत आयात गरेरै भएपनि क्रमश सवै स्थानमा लोडसेडिङ अनत्य गर्दै लगेका छौ’, उनले भने, ‘२०७५ सम्ममा स्वदेशी उत्पादनवाटै लोडसेडिङ अनत्य हुनेछ ।’ उनले तामाकोशी सञ्चालनमा आएपछि विद्युत निर्यातको सुरुवात हुने पनि वताए ।

कार्यक्रममा व्यवसायीले लोडसेडिङ अन्त्य भएपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको र उद्योग धन्दा निर्वाध रुपमा चल्न पाएको वताएका थिए ।

LEAVE A REPLY