आज दिनभरमा कुनै सहमति नभए भोलि मधेस झर्ने मोर्चाका नेताहरुको चेतावनी

0
307

८ बैशाख, काठमाडौं । बैशाख ८, काठमाडौं । सत्तारुढ दल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आब्हान गर्नुभएको बैठकमा संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भएको थियो । बैठकमा प्रधानमन्त्रीले सरकारद्घारा प्रस्तुत संविधान संशोधन विद्येयकमा सहमति गरेर बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन मोर्चाका नेताहरुलाई आग्रह गर्नुभएको थियो ।
मोर्चाका नेताहरुले स्थानीय तहको निर्वाचनभन्दा संविधान संशोधनमा मोर्चाको मूख्य चासो भएको भन्दै सरकारद्धारा प्रस्तुत प्रस्तावमा पूनर्विचार गर्न सरकारसँग आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीले मोर्चाको प्रस्तावबारे सत्तारुढ दलका नेताहरुसँगको परामर्शपछि पुन बैठक बसेर सहमतिको प्रयास गर्ने बैठक जानकारी गराउनु भएको थियो । संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनमा सहमति जुटाउन दिउँसो ३ बजे सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुको बैठक बसेपछि बेलुका ५ बजे सरकार र मोर्चाबीच पुन बैठक हुनेछ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, सशांक कोइराला, प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता वर्षामान पुन ‘अनन्त’, मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अशोक राई, राजेन्द्र श्रेष्ठ, अनिलकुमार झा, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, हृदयेश त्रिपाठी लगायत सहभागी हुनुहुन्थ्यो ।

Advertisements

आन्दोलनको तयारीमा रहेको मधेसी मोर्चालाई चुनावमा ल्याउने अन्तिम प्रयास स्वरुप गरिएको यो बैठक  आज दिनभरमा कुनै सहमति नभए आफहरु भोलि मधेस झर्ने मोर्चाका नेताहरुले बताएका छन् ।मधेसी मोर्चामा आवद्ध ६ दलले एकता गरेर राष्ट्रिय जनता पार्टी गठन गरेको भोलिपल्ट शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वार्तामा बोलाउनु भएको थियो ।

मोर्चाका नेताहरुले संशोधन विधेयकमा आफूहरुको चित्त नबुझेको भन्दै परिमार्जनको माग गरे । मधेसी मोर्चा एवं जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले भने, ‘धारा ७, २७४ र आयोग गठनमा हामीलाई चित्त बुझेको छैन । यसलाई परिर्माजन गरी जनताले केही पाउँछन् भन्ने सुनिश्चित हुन्छ कुरा मिल्छ ।’उनीहरुले संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने बटमलाइन भएको बताएका छन् ।

माओवादी नेता वर्षमान पुन अनन्तले बालुवाटार बैठक सकारात्मक रहेको प्रतिक्रिया दिए ।‘संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउने, मोर्चा निर्वाचनमा आउने र त्यसका लागि सरकारले यी दुबै कामलाई सँगसँगै अघि बढाउने प्रस्ताव राखिएको छ । त्यसमा मोर्चा सकारात्मक देखिएको छ,’ बैठकपछि नेता पुनले भने ।
 

LEAVE A REPLY