माओवादी केन्द्र र वैद्य माओवादीका नेताहरुद्वारा पार्टी परित्याग

0
264

काठमाडौं, बैशाख १९–नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य श्यामबहादुर बोहराले पार्टी परित्याग गरेका छन् । माओवादी केन्द्रले पुरानो संसदीय व्यवस्थालाई सुदृढ गर्ने दिशामा अगाडि बढेको, इमान्दार नेता–कार्यकर्ताभन्दा ठेकेदारहरुको हालिमुहाली बढेको भन्दै पार्टी परित्याग गर्नु परेको बताए । मंगलबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोलिट्ब्युरो सदस्य बोहराले माओवादी केन्द्रका नेताहरु पार्टी र सरकारको माथिल्लो निकाय पुग्न जाल, झेल र तिकडम गरिरहेको बताए । उनले भने, ‘पार्टीको उपल्लो निकायमा पुग्न सफल चंखे–चतुरे, व्यक्तिवादी,महत्वकांक्षी (तथाकथित प्रभावशाली) नेताहरुको लुट र घुसबाट आर्जित अकूत सम्पति आर्जन गर्न प्रतिस्पर्धा गरिरहेका छन् । त्यसको सोधीखोजी गर्नुपर्छ, माओवादी केन्द्रको आन्तरिक जीवनलाई हेर्दा अब उ कम्युनिस्ट पार्टी रहेन ।’ उनले आफूजस्ता इमान्दार नेता–कार्यकर्ताको माओवादी केन्द्रमा भविश्य नभएका कारण पार्टीबाट विद्रोह गर्न बाध्य भएको बताए ।जनयुद्ध लडेका इमान्दार कार्यकर्ताको बेहाल भएको बताउँदै उनले प्रचण्डको नेतृत्वमा माओवादी केन्द्र एमालेको बाटोमा लागेको आरोप समेत लगाए ।
त्यसैगरी नेकपा (क्रान्तिकारी माओवादी) दाङ सेक्रेटरी खम्बु चन्द ‘समीर यात्री’को नेतृत्वमा आधा दर्जन नेता–कार्यकर्ताले पनि विद्रोह गरेका छन् ।

Advertisements

LEAVE A REPLY