रित्तो आकाश मुनि बाच्नु परिरहेछ

0
580

कविता

Advertisements

-चक्र प्रसाद निरौला

मलाई रित्तो आकाश मुनि बाच्न कर लागिरहेछ
महाप्रलयको अवशेष बनेर
खाली हात थापेर काकाकुल रूपी आश र त्रास अनि
आशा र त्रास लिएर
सर्दी र गर्मिबाट अस्थिपन्जरलाई
जोगाउन कर लागिरहेछ
बाच्न रहर हुने पौरषत्वहरु
एक निमेषभरमै भस्म बनिसके।

पनातीको कुप्रोबाउको नाता सगाल्दै
राल सिगानलाइ आफ्नो अभिन्न मित्र ठान्दै
बुहारीको आखाको कसिङर बनेर
मलाई बाच्न कर लागिरहेछ ।

सामाजिक मर्यादालाई ख्यालै नगरी
भोक र प्यासलाइ मलजल थुपार्न
कटु कर्कश शब्दहरुको गोलो घेरा भित्र
गन्हाउने सिरक भित्र गुटुमुटु बन्दै
खानकै लागि बाच्नु परिरहेछ
प्रिय -पृयसीको स्रादको तिथि कुर्दा कुर्दै
पनातीको छैठी अनि पास्नी समय कुरेर
औंला भाच्न परी रहेछ।

महामरणको अबस्यम भाबी बिधि बिधानलाइ
झुठो मुद्दाको तारीख दिन कुर्नु परिरहेछ
ब्रहम हत्या र गो-हत्याको कंकला शब्दहरू
सुनेको नसुन्दै
अनि कति कन्याहरण र बृदबरणलाइ जानीजानी
बुजपचाउनु परेको छ

भोग बिलासका दिवास्वप्नाहरु
बिपनामा परिणतको आशा बनेर
हरेक पल र क्षणलाइ कुर्नु परिरहेछ
बन्दुकको शंखनाद र
बारुदको धुवाँभित्र लपेटिएर
पौरषत्व र निजत्व कायम राख्न
त्रासपुर्ण जिन्दगीलाई
बचाउन परिरहेछ
बचाउन परिरहेछ ।।।।।।
-चक्र प्रसाद निरौला

LEAVE A REPLY