सरकार गठन गर्ने देउवाको यस्तो छ तयारी

0
287

११ जेठ, काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि बिहीबार ठूलो दलको नेताका हैसियतले संसद्मा रहेका दलहरुलाई सहयोगका लागि पत्र पठाउने भएका छन् । ‘राष्ट्रपतिले सात दिनको समय दिएपछि ठूलो दलको रुपमा सभापतिले नयाँ सरकार गठनका लागि पहल थाल्नुहुनेछ,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भने ।

Advertisements

जेठ ३१ को दोस्रो चरणको निर्वाचनअघि नै आफ्नो नेतृत्वमा सरकार बन्ने देउवाको विश्वास छ ।राष्ट्रपतिले सहमतीय सरकारका लागि आह्वान गरे पनि त्यो सम्भावना कमजोर छ । अहिलेकै गठबन्धन दल एक ठाउँमा उभिँदा प्रमुख प्रतिपक्षी दल एमालेले सरकार गठनमा चासो नदेखाउने भएको नयाँ पत्रिका दैनिकमा खबर छ ।

LEAVE A REPLY