विपक्षीले माग्यो बेलायतती प्रधानमन्त्री मेको राजीनामा

0
307

जेष्ठ २३, २०७४- बेलायती प्रतिपक्षी नेता जेरेमी कोर्बिनले ६ वर्षसम्म गृह मन्त्रालय सम्हाल्ने क्रममा प्रहरी बलमा दरबन्दी घटाएर गलत गरेको भन्दै प्रधानमन्त्री टेरेजा मेको राजीनामा माग गरेका छन् ।

Advertisements

प्रहरी दरबन्दी कटौतीले बेलायतमा सुरक्षा अवस्थामाथि आवश्यक ध्यान पुग्न नसकेको भन्दै विभिन्न समूहले प्रधानमन्त्रीको राजीनामा माग गरेकोमा विपक्षीले पनि समर्थन जनाएको हो । ३ महिनामा ३ पटक आतंकवादी हमला भएको प्रसंग उल्लेख गर्दै कोर्बिनले प्रहरी दरबन्दीमा कटौती गर्नु प्रधानमन्त्रीको गलत निर्णय भएको दाबी गरे ।

यसअघि सोमबारै प्रधानमन्त्री मेले आफ्नो पूर्वनिर्णयको प्रतिरक्षा गर्दै लन्डनको महानगरीय प्रहरी बल स्रोतले सशक्त रहेको जनाउँदै आतंकवादविरोधी अभियान सञ्चालन गर्न क्षमतावान एवं शक्तिशाली रहेको बताएकी थिइन् ।

राष्ट्रसंघ महासचिवद्वारा आक्रमणको निन्दा
यसैबीच, लन्डनमा शनिबार राति भएका दुई आतंककारी आक्रमणको राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेर्रेसले कडा शब्दमा निन्दा गरेका छन् ।

उनले आक्रमणमा ज्यान गुमाएकाहरूका परिवारलाई समवेदना व्यक्त गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको महासचिवका प्रवक्ताले विज्ञप्तिमार्फत जनाएका छन् । महासचिव गुटेर्रेसले आतंकवाद, हिंसा र अतिवादविरुद्ध लड्न आफू सधैं बेलायती सरकार र जनताको साथमा रहेको पनि जनाएका छन् ।

लन्डन ब्रिज र बरो मार्केटमा भएका आक्रमणमा ७ जनाको मृत्यु भएको थियो । प्रहरीको गोली प्रहारबाट ३ जना संदिग्ध आक्रमणकारी मारिएका थिए । मारिने आक्रमणकारीको पहिचान भएको लन्डन प्रहरीले जनाएको छ ।

बेलायतको विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिन सोमबार ब्लिथमा आयोजित चुनावी सभामा बोल्दै ।

 

LEAVE A REPLY