आर्यनले कुनै युवतीलाई किस गरे ओठ काटिदिने शाहरुखको चेतावनी

0
666

एजेन्सी । अभिनेता शाहरुख खानले छोरा आर्यनलाई लिएर कडा चेतावनी दिएका छन् । आर्यनले कुनै युवतीलाई किस गरे भने उनको ओठ नै काटिदिने चेतावनी शाहरुखको छ । एक अन्तर्वार्तामा उनको यस्तो अभिव्यक्ति आएको हो ।त्यसो त एकपटक छोरी सुहानाको सन्दर्भमा पनि उनले यस्तै अभिव्यक्ति दिएका थिए । कुनै केटाले सुहानालाई किस गरे त्यो केटाको ओठ काटिदिने उनले बताएका थिए ।

Advertisements

 

बलिउड सेलेब्रिटीमाझ शाहरुख छोराछोरीको सवालमा निकै ‘इमोसनल’ अभिभावकका रूपमा चिनिन्छन् । उनले छोराछोरीको सुरक्षा गर्नु आफ्नो जिम्मेवारी भएको बताउँदै उनीहरूको जिन्दगी भने आफैँले चलाउने बताए ।आर्यन र सुहानासँग उनको सम्बन्ध साथीकोजस्तो छ । आर्यन अहिले २० वर्षका भए । शाहरुखले भने, ‘आर्यन २० वर्षको भयो, वेलावेला हामी एक–अर्कालाई डर्टी जोक्स पनि सुनाउँछौँ । ’शाहरुख आर्यनलाई आफूभन्दा पनि स्टार अभिनेताका रूपमा हेर्न चाहेको बताउँछन् । उनमा फिल्मसम्बन्धी राम्रो ‘सेन्स’ भएको पनि शाहरुखले बताए

LEAVE A REPLY