डोटीमा जीप दुर्घटना९ जनाले जीवन गुमाए

0
324

२१ साउन, डोटी ।डोटी बोगटान गाउँपालिका–६ गगुडाको धार भन्ने ठाउँमा भएको जीप दुर्घटनामा एउटै बस्तीका आठ जना सहित नौ जनाले ज्यान गुमाए । चार जना गम्भिर घाइते भए ।अछाम बुढी गंगा नदीमा सरकारी लगानीबाट निर्माण हुन लागेको बुढीगंगा जलबिद्युत आयोजनाको डुवान क्षेत्रमा पर्ने जमिनको मुआव्जा बुझ्नका लागि डोटी जिल्ला सदरमुकाम आएका उनीहरु मुआव्जा बुझेर फर्किने क्रममा दुर्घटनामा परे ।

Advertisements

दुर्घटनामा परी मृत्यु हुनेहरुमा बोगटान गाउँपालिका—१ सिमचौर चपरतोलाका ३५ बर्षीय बिष्णुबहादुर मगर, ५५ बर्षीय भिम घर्तिमगर, ५० बर्षीय बुढो घर्ति मगर ४५ बर्षीय गोरख थापा ४८ बर्षीय शसिराम बहादुर पुनमगर, ४५ बर्षीय ललीता देबी पुन, ४० बर्षीय टेकबहादुर पुनमगर र ३० बर्षीय चन्द्रबहादुर घर्तिमगरको एक चिहान भयो । दुर्घटनामा शिखर नगरपालिका–१, कपल्लेकीका २८ बर्षीय चालक बिष्णुबहादुर नेगीको पनि घटना स्थलमै मृत्यु भयो ।दुर्घटनामा दलबहादुर पुनमगर, हर्क पुनमगर, बिरवहादुर पुनमगर र प्रकाश घर्तिमगर घाईते भए । जीपमा चालक सहित १६ जना सवार रहेकामा अन्य तीन जनालाई सामान्य चोट लागेको छ ।

LEAVE A REPLY