देश संघीयतामा, नम्बरप्लेट अञ्चलका आधारमा

0
346

२४ साउन, काठमाडौं । सरकारले अञ्चलका आधारमा उच्च प्रविधिको इम्बोस्ड नम्बरप्लेट वितरण सुरु गर्ने अन्तिम तयारी गरेको छ । यातायात व्यवस्था विभागले आगामी सातादेखि अञ्चलका आधारमा जीपीएस प्रविधिको इम्बोस्ड नम्बरप्लेट वितरण सुरु गर्न लागेको छ ।

Advertisements

सामान्यतः प्रदेशको नामका आधारमा नम्बर प्लेट बनाइन्छ । तर, हाल प्रदेशको नाम तय नभएकाले आफूहरुले अञ्चलकै आधारमा नम्बरप्लेट वितरण गर्न लागेको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए ।

पछि सरकारले प्रदेशका आधारमा नम्बरप्लेट कायम गर्ने कानून बनाएमा सवारीधनीले नम्बरप्लेट फेर्नुपर्ने उनको भनाइ छ । त्यो अवस्थामा सर्वसाधारणलाई दोहोरो आर्थिक भार पर्नेछ ।

विभागले इम्बोस्ड नम्बरप्लेटको सबै तयारी पूरा भइसकेको र केही दिनमै वितरण सुरु गरिने जनाएको छ । नयाँ पत्रिका दैनिक

LEAVE A REPLY