खेलकुदमा राजनीति हुन नदिने खेलकुदमन्त्री राजेन्द्रकुमार केसीको प्रतिबद्धता

0
381

श्रावण २५, २०७४- युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले दक्षिण एसियाली तथा एसियाली खेलकुदका पदकधारी खेलाडीसँग भेट गर्दै खेलाडीको प्रतिभा मर्न नदिने बताएका छन् ।  पहिलोपल्ट विभागीय मन्त्रीले भेट्न बोलाएकाले खेलाडी पनि उत्साही देखिन्थे ।

Advertisements

नेपालले आयोजनाको जिम्मेवारी लिएको १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि पूर्वाधार निर्माणमा सरकारले ध्यान नदिएकोप्रति पूर्व तथा वर्तमान खेलाडी र सरोकारवालाहरूले युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीसमक्ष चासो व्यक्त गरेका छन् । उनीहरूले सरकारले १३औं सागको भव्य आयोजनाका लागि तयारी थाल्नुपर्नेमा समेत जोड दिए । मंगलबार हरिहर भवनस्थित मन्त्री निवासमा नयाँदेखि पुराना पुस्ताका पदकधारी खेलाडीसामु मन्त्री केसीले खेलकुदमा राजनीति हुन नदिने प्रतिबद्धता दोहोर्‍याए।

LEAVE A REPLY