बाढीपीडितलाई खाना खुवाउदै काङ्रेस यूवा नेता दिनेश कोईराला

0
421

१ भदौ, चितवन । नेपालमा प्राकृतिक प्रकोपले बेलाबेलामा दुख दिदै आइरहेको हुन्छ र मुलुक अहिले  बाढीपीडितको समस्याले बिकराल अवस्थामा छ यस्तोमा कतिपय आफ्नो स्वार्थ र फाइदाको लागी पनि बाढीपीडित क्षेत्रको भ्रमण गरी मिडियावाजी गर्ने होड्वाजीमा छन भने कतिपय साच्चै मर्माहत भइ उनिहरुलाई सहयोगको हात बढाइ रहेका छन ।

Advertisements

नकुनै औपचारिक कार्यक्रम न त कुनै पार्टी को निर्देशन तैपनी स्वतस्फुर्त दिन दुखी को साथमा सधै रमाउन तयार छन काङ्रेस युवानेता दिनेश कोइराला त्यसैले पनि समाजसेवीको उपमा पाएका कोईराला  बाढी प्रभावितलाई  सहयोग गर्दै उनिहरुको लागी गासको ब्यबस्था नै पहिलो प्राथमिक्ताको कार्य हो भनि उक्त कार्यमा जुटेका छन ।

हाल्यैको अभिरल बर्षाले घरबार बिहिन हुनपुगेका चितवनवासी लाई खाना खुवाउने कार्यक्र्ममा आफै सरिक हुँदै उहाँले नयाँ अभियान थाल्नु भएको छ र यस्को सुरुवात भरतपुर माहानगरपालिका वार्ड न २८ मेघौलीको अद्रौली बाट आज करिब १०० जना जती बाढीपीडित  सुकुम्बासीहरु लाई एक छाक खाना खुवाएर गर्नु भएको छ ।

उक्त कार्यमा सहयोग गर्ने हरुमा नेपाली काङ्रेस क्षेत्र न ५ का सभापती लाल बहादुर दवाडि, नेपाली काङ्रेस क्षेत्र न २८ का सभापती चुणामणी ढकाल्, ने का क्षेत्र न ४ का छेत्रीय सदस्य रमेश कोइराला यसै गरी ने का वार्ड न ६ का सभापती खेम सापकोटा  ने का क्षेत्र न ५ का छेत्रीय प्रतीनिधी दन्डपानी ढकाल र नेपाल रेडक्र्स गितानगर उपशाखा अध्यक्ष रुद्र अधिकारी लगायत हुनुहुन्छ ।

कसैको चन्दा तथा सहयोग नलिइकन आफ्नै खर्चमा यो कार्य सुरु गरिएको र यो अभियान लाई साथ दिने हातहरु अझै  बढ्दै गएको कुरा पनि उहाँले बताउनु भयो । यसैलाई निरन्तरता दिन अर्को छाकको जिम्मेवारी रमेश कोइरालाले लिनु भएको कुरा खुल्न आएको छ भने  अर्को दिनको सम्पुर्ण खर्च जनशक्ती पार्टीका केन्द्रिय सदस्य सूर्य तिमील्सिनाले ब्यहोर्नु हुने  भएको कुरा पनि थाहा हुन आएको छ ।

LEAVE A REPLY