निर्वाचन आयोगको विजयकुमार गच्छदारलाई २४ घण्टे स्पष्टीकरण

0
294

२४ भदौ, काठमाडौं । निर्वाचन आयोगले  उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारलाई वीरगञ्जमा गाडी तथा मोटरसाइकलहरूको र्‍याली निकालेर निर्वाचन आचार संहिता उल्लंघन गरेको आरोप लगाउँदै  २४ घण्टे स्पष्टीकरण सोधेको छ ।आयोगको शनिबार बसेको बैठकले उपप्रधानमन्त्री गच्छदारसँगै जलस्रोत राज्यमन्त्री मा. अमर सिंह लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

Advertisements

आयोगको निर्णयमा भनिएको छ, निर्वाचन आचार संहिता उल्लंघन गरेवापत किन कारवाही गर्न नपर्ने हो ? २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न लगाउने ।साथै फोरम लोकतान्त्रिकका वीरगञ्ज महानगरका मेयरका उम्मेदवार विमल प्रसाद श्रीवास्तवलाई उम्मेदवारी किन रद्द नगर्ने भन्दै २४ घण्टाभित्र स्पष्टीकरण माग गरेको छ ।

आयोगले जलस्रोत राज्यमन्त्री मा. अमर सिंह पुनले जितपुर सिमरा उपमहानगरपालिका ११ फत्तेपुरमा कांग्रेस कार्यकर्तालाई सरकारी गाडीमा राखेर निर्वाचन प्रचारप्रसार गर्दै हिँडेको भन्दै २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

LEAVE A REPLY