जुनियर रोड रेसको उपाधी प्रेमबस्ती मा.बी. कि रिनु सुनारले उचालिन !(तस्बिरमा यस्तो देखियो दौड )

0
435

शिव शर्मा भरतपुर माघ ०५ । चितवनमा नै पहिलो पटक भएको मेयर कप अन्डर -२० लेडिज मिनी म्याराथुनको ट्रफी प्रेमबस्ती माबी कि रिनु सुनारले उचालेकी छन् । भरतपुर -६ केशरबागमा केशरबाग ब्वाइज क्लबको आयोजनामा भएको प्रथम मेयर कप अन्डर -२० लेडिज मिनी म्याराथुनमा सुनारले १४ मिनेट २६ सेकेण्डमा दुरी पार गर्दै उपाधी आफ्नो पक्षमा पारेकी हुन् । उनले ४६ जना धाविकालाइ पछि पारिन । 

१५ मिनेट ०६ सेकेण्डमा दौड पुरा गर्दै जनाकी मा बी की सञ्जु कुमालले दित्तीय स्थान हासिल गरिन । त्यस्तै साजापुर माबी कि धावक सुस्मिता भट्टराईले १५ मिनेट १९ सेकेन्डमा दौड पुरा गर्दै तेस्रो स्थानमा चित्त बुझाइन । सारदापुर माबी कि बिमला रानाले १५ मिनेट ५६ सेकेण्डमा दौड पुरा गर्दै चौथो भइन । प्रेम बस्ती माबी कै समिक्षा पोख्रेलले १६ मिनेट ०३ सेकेण्डमा दौड पुरा गर्दै पाचौ भइन । 

प्रथम हुने सुनारले ट्रफी , मेडल र प्रमाण पत्र सहित नगद रु १५ हजार हात पारिन । त्यस्तै दोस्रो हुने कुमालले १० हजार नगद सहित ट्रफी , मेडल र प्रमाण पत्र प्राप्त गरिन । त्यस्तै तेस्रो भएकी भट्टराईले नगद रु ५००० सहित ट्रफी , मेडल र प्रमाण पत्र प्राप्त गर्दा सान्त्वना हुने राना र पोख्रेलले समान रु २५ सय नगद , मेडल र प्रमाण पत्र प्राप्त गरे ।

Advertisements

दौड लेक ट्वेण्टि थाउजेन फार्म एण्ड रिसोर्ट बाट डेरी चोक सम्मको ३००० मिटर दुरीमा दौड भएको हो । दौडमा ४७ जना धाविका थिए । प्रतियोगिताको मुख्य प्रायोजकमा पिगन इन्टरनेसनल एजुकेसन सेन्टर र लेक लेक ट्वेण्टि थाउजेन फार्म एण्ड रिसोर्ट रहेको थियो । कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि भरतपुर महानगर ६ का वडा अध्यक्ष हरि विलास कोइरालाले खेलकुदले आत्मिएयता , भाइचाराको सम्बन्धलाइ अगाडि बदाउदै स्वच्छ समाज निर्माण गर्नमा सचेत गराउने बताउनु भएको छ । कोइरालाले चितवनमा नै पहिलो पटक संचालन भएको यस खेलले नया संदेश दिएको टिप्पणी गर्नु भयो ।उहाले समाज रुपान्तरणमा युवाको भूमिका प्रमुख हुने समेत बताउनु भयो । 

कार्यक्रममा समाजसेवी भगिरथ तिमिलासेनाले असल चरित्र निर्माणका लागी खेल क्षेत्रले पुर्याएको योगदानको कदर हुनुपर्ने जिकिर गर्नु भयो । कार्यक्रम भरतपुर महानगर वडा न ६ का वडा अध्यक्ष हरिबिलास कोइरालाको प्रमुख आतिथ्यता र क्लबका अध्यक्ष आदित्य न्यौपानेको अध्यक्षतामा सम्पन्न भयो । 

LEAVE A REPLY