सरकारले विधुतिय सामागी्रमा भन्सार छुट दिनुपर्छ : विधुत ब्यबसायी महासघंका अध्यक्ष खरेल

0
395

शिव शर्मा

Advertisements

भरतपुर फागुन १४ । नेपाल सरकारले विधुतिय सामग्रीमा भन्सार छुट दिन पर्ने विधुत ब्यबसायी महासघंका केन्द्रिय अध्यक्ष तेज नारायण खरेलले बताएका छन् । आज विधुत ब्यबसायी सघ चितवनको आठौ साधारण सभामा बोल्दै एलइडी बल्ब खरीदमा भन्सार पुर्ण छुट हुनुपर्ने सरकारसगं माग गरे । गुणस्तर बिभागबाट गुणस्तर चिन्ह पाप्त उत्पादक कम्पनीले उत्पादित बस्तु मापदण्ड अनुसार छन् वा छैनन् भन्ने बिभागले अनुगमन गर्नुपर्ने उनको भनाइ छ ।

चितवन उद्योग सघंका उपाध्यक्ष राजु पौडेलले उद्योग सचालनमा सरकारले प्रथामिकता नदिए ७ प्रतिशतको आर्थिक बृद्दिदरको लक्ष्य कागजमा मात्र सिमित हुन सक्ने चिन्ता ब्यक्त गरे ।

चितवन उद्योग वाणिज्य सघ चितवनमा अध्यक्ष सहनलाल प्रधानले भरतपुर महानगरले ब्यबसाय करमा गरेको उल्लेख्य वृद्दि तर्फ इकित गदै महानगरको रवैया उद्योग बाणीज्य सघलाइ मान्य नहुने तर्क गरे । उनले अलिकति बढाउनु ठिक भएपनि अत्याधिक बृदी बाट ब्यबसाय प्रतिको मोहमा कमि आउने बताए । प्रधानले यस बिसयमा उद्योग बाणिज्य संघ स्थानीय सरकार संग बहस गर्ने तयार गरेको जनाउ दिए । अर्को फरक प्रसंगमा चितवन उद्योग संघको प्राबिधिक शिक्षालयको योजनामा उद्योग बाणिज्य संघ सहकार्य गर्न चाहेको उनको भनाइ छ ।

कार्यक्रम बिधुत ब्यबसायी संघ चितवनका अध्यक्ष ससिधर जैसी लामिछानेको अध्यक्षता र बिधुत ब्यबसायी महासंघक केन्द्रिय अध्यक्ष तेजनारायण खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

LEAVE A REPLY