रास्ट्रीय खेलमा सहभागी हुने सफलता पाएको पद्मोदयको महिला टिमलाइ सम्मान (तस्बिर सहित )

0
491

भरतपुर फागुन १८ । चितवनको पद्मोदय युवा क्लब रास्ट्रीय खेल खेल्न छनौट भएपछी खेलाडि हरुलाई सम्मान गरिएको छ । हिजो ( बिहिबार ) क्लब परिसरमा टिम प्रायोजक , टिम म्यानेजर र टिम कोचलाई पनि प्रोत्साहन सहित सम्मान गरिएको क्लबका अध्यक्ष रामहरी सेढाईले बताउनु भएको छ । 

टिमको प्रायोजन बिमल सिंह एण्ड गुरुङ फर्मले गरेको थियो । बिमल सिंह एण्ड गुरुङका प्रमुख बिमल सिंह ठकुरी पछिल्लो समय चितवनको खेलकुद विकासको लागी योगदान गर्दै आउनु भएको छ । त्यस्तै कोचको रुपमा बाबुराम महतो र टिम म्यानेजर सुर्य गुरुङलाइ सम्मान गरिएको हो । फागुन १३ देखि काठमाण्डौमा सुरु भएको चौथो एनएसटी–एनभिए रास्ट्रीय महिला भलिवल प्रतियोगितामा चितवनको पद्मोदय युवा क्लबको सहभागिता थियो ।

Advertisements

मोफसलबाट संघर्ष गरेर सहभागी भएको पद्मोदय पाँचौं स्थानमा रहेको थियो । टोलीलाई नेपाल भलिबल संघले आगामी प्रतियोगितामा सहभागिताको सुनिश्चितता पनि गरेको क्लबका अध्यक्ष रामहरि सेढाईंले जानकारी दिए । चितवनको खेलकुद बिकासको लागि पदमोदय युवा क्लबले “पदमोदय स्पोर्ट्स एकेडेमीको स्थापना गर्ने लक्ष्य समेत निर्धारण गरेको छ । Image may contain: 4 people, people smiling, people sittingImage may contain: 6 people, people smiling, people sittingImage may contain: 2 people, including Bimal Singh, people sittingImage may contain: 3 people, including Bimal Singh, people smiling, people sitting and people standingImage may contain: 7 people, including Bimal Singh, people smiling, people sitting and indoorImage may contain: 3 people, outdoorImage may contain: 5 people, people sitting and indoor

LEAVE A REPLY