ओलीलाइ बधाई दिन पाकिस्तानी प्रधानमन्त्री आउँदै , भारतको टाउको दुख्दै

0
322

काठमाडौं, १९ फागुन – प्रधानमन्त्री केपी ओलीले आफ्नो पहिलो उच्चस्तरीय पाहुनाका रूपमा सोमबार पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अब्बासीलाई स्वागत गर्दै छन् ।

Advertisements

प्रतिनिधिसभाको पहिलो बैठक बस्ने दिन अब्बासी काठमाडौं उत्रिँदैछन् । उनी प्रधानमन्त्री ओलीलाई बधाई दिन र दक्षिण एसियाली सहयोग संगठन (सार्क) को शिखर सम्मेलन आयोजनाबारे अध्यक्ष मुलुकसँग छलफल गर्न आउन लागेको बताइएको छ ।

प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीलाई बधाई दिनै पाकिस्तानी समकक्षी अब्बासी काठमाडौं आउन लागेको बताए । भेटमा दुई मुलुकका कार्यकारी प्रमुखबीच दुईपक्षीय सम्बन्धबारे समग्र विषयमा छलफल हुने पनि उनले जनाए । आजको कान्तिपुरमा खबर छ ।

LEAVE A REPLY