स्कूल बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

0
325

काठमाडौं, २२ फागुन – मोरङको विराटनगर–५, स्थित भित्री सडकखण्डमा स्कूल बसको ठक्करबाट पैदलयात्री एक महिलाको मृत्यु भएको छ । एभरेष्ट बोर्डिङ स्कूलको को १ क ८३७ नं को बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीया शारदा मण्डलको मृत्यु भएको हो ।

Advertisements

बसको ठक्करबाट गम्भीर घाइते महिलाको कोशी अञ्चल अस्पताल पु¥याउने बित्तिकै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ । ठक्कर दिने बस र त्यसका चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा परिचालक
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरमा बसबाट खसेर परिचालकको मृत्युभएको छ । गठ्ठाघर स्थित साझा पेट्रोल पम्प नजिकैको ओरालोमा बा २ ख ६९७६ नम्बरको बसको ढोकाबाट खस्दा परिचालक, रौतहटको लक्ष्मनीयाका अन्दाजी २२ बर्षीय लक्ष्मण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते भएका चौधरीको उपचारको क्रममा मध्यपुर अस्पताल ठिमीमा मृत्यु भएको हो ।

LEAVE A REPLY