भण्डारीलाई दोहोर्‍याउने एमाले निर्णय, कांग्रेसबाट को ?

0
246

काठमाडौं, २३ फागुन – राष्ट्रपति चयनका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा विहान १० बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

Advertisements

नेपालको तेस्रो राष्ट्रपति चयनका लागि २९ गते हुने निर्वाचनमा आज उम्मेद्वारी मनोनयनको समय तोकिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन भएसँगै राष्ट्रपतिको निर्वाचन हुन लागेको हो । आज दर्ता भएको उम्मेद्धवारको अन्तिम नामावली भोली साँझ ६ बजे प्रकाशित गरिने पनि प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

राष्ट्रपति निर्वाचनमा मतदान गर्ने मतदाताको अन्तिम नामावली यस अघि नै प्रकाशित भइसकेको छ । निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८० जनाले मतदान गर्नेछन् । सरकारको सिफारिसमा राष्ट्रियसभामा मनोनित तीन जना र प्रदेश सभा सदस्य राजीव गुरुङले भने राष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने भएका छन् ।

भण्डारीलाई दोहोर्‍याउने एमाले निर्णय

नेकपा एमालेले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै राष्ट्रपतिको उम्मेद्वारमा अघि सार्दै आज मनोनयन दर्ता गर्दै छ ।एमाले स्थायी कमिटीको बैठकले भावी राष्ट्रपतिमा वर्तमान राष्ट्रपति भण्डारीलाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो ।
एमाले र माओवादी गठबन्धनको सहमति अनुसार राष्ट्रपति एमालेको भागमा परेको छ ।

उम्मेद्वारी मनोनयन गर्ने समय भित्र भावी राष्ट्रपतिमा वर्तमान राष्ट्रपति भण्डारीको मनोनयन दर्ता गरिने एमालेले जनाएको छ । वाम गठबन्धनको बहुमत रहेकाले राष्ट्रपतिमा पुनः विद्यादेवी भण्डारी निर्वाचित हुने निश्चित छ ।

काँग्रेस बैठक बस्दै

राष्ट्रपतिमा उम्मेद्वारी दिने नदिने भन्नेबारेमा निर्णय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
वाम गठबन्धनले राष्ट्रपतिको उम्मेद्वार टुंगो लगाएसँगै कांग्रेसले पनि सो बारेमा निर्णय गर्न लागेको हो । कांग्रेस पार्टी कार्यालय सानेपामा विहान ९ बजे बस्ने बैठकले राष्ट्रपतिमा उम्मेद्वारी दिने नदिने भन्ने बारेमा निर्णय गर्ने काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकले राष्ट्रपतिमा उम्मेद्वारी दिने निर्णय गरे मीन विश्वकर्मा राष्ट्रपतिको उम्मेद्वार बन्नुहुने संभावना रहेको छ । साथै बैठकमा मुलुकको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुने मुख्यसचिव पौडेलले बताउनुभयो ।

LEAVE A REPLY