गणतन्त्रमा पनि राजाकै जस्तो सवारी : राष्ट्रपतिकाे सवारीले सास्ती

0
243

काठमाडौँ, १६ चैत — काठमाडौंका सडकमा बिहीबार अपराह्न एक्कासी गतिरोध आयो । कुनै सडक पूरै खाली गराइए । कुनैमा भने सवारीसाधनको लामो लाइन बन्यो । संघीय संसद्लाई सम्बोधन गर्न शीतलनिवासबाट निक्लिएको राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीले सडक आवागमनकर्तालाई जहाँको त्यहीँ रोकेपछि त्यसको प्रतिक्रिया सामाजिक सञ्जालहरूमा तत्काल देखिन थाल्यो ।

Advertisements

यसमा राजालाई सम्झाउने गरी सवारी चलाएको भन्दै राष्ट्रपतिको आलोचना भइरहेको थियो ।

धेरैले राष्ट्रपति बग्गीसहित सवारी भएको तस्बिरलाई ट्वीटरमा पोस्ट गर्दै ह्यासट्यागमा ‘मौसुफको सवारी’ भनेर लेखे । प्रदीप पन्तले सूत्रात्मक शैलीमा ‘तन्त्र गए तुजुक गएन’ भनेर स्टाटस अपडेट गरे । ‘राष्ट्रपतिज्यूको आजको सवारी र यसले निम्त्याएको सवारी जाम हेर्दा, भोग्दा फेरि आफूलाई प्रजाको दर्जामा नै भएको महसुस भयो’ भनेर उपेन्द्र श्रेष्ठले ट्वीट गरे ।

यी केही उदाहरण मात्रै हुन् । सामाजिक सञ्जालमा टिप्पणी नगर्नेहरूले पनि आपसी कुराकानीमा राष्ट्रपतिको शैलीको आलोचना गरेको सुनिन्थ्यो । जनताकै माझबाट सत्तामा पुगेकाहरूबाट जनतालाई नै सास्ती हुने कामको अपेक्षा नगरिएकैले सायद राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीजस्ता ‘विशिष्टको सवारी’ मा अस्तव्यस्तसँग बाटामा रोकिनुपर्दा सर्वसाधारणबाट कटु आलोचना हुने गर्छ । अाजकाे कान्तिपुरमा खवर छ ।

LEAVE A REPLY