‘सभापतिको हुर्मत लिएर कांग्रेस बलियो हुदैन’

0
251

काठमाडौं, १६ चैत – नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टी सभापतिलाई कमजोर बनाएर संगठन बलियो नहुने तर्क गरेका छन् । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका समीक्षाका लागि एक सातादेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बिहिबारको बैठकमा सदस्यहरुले सभापतिको हुर्मत लिने काम बन्द गर्न आग्रह गरेका हुन् ।

Advertisements

निर्वाचनपछि पार्टीका प्रभावशाली नेताहरुबाटै सभापतिमाथि निरन्तर प्रहार हुँदा कांग्रेसलाई कमजोर बनाउने काम भइरहेको सदस्यहरुले आरोप लगाए । निर्वाचन परिणाम आफ्नो पक्षमा नआउनुको दोष सभापतिको मात्र नभएको जिकिर गर्दै निकट सदस्यहरुले सामूहिक जिम्मेवारी लिनुपर्ने तर्क गरेका छन् । आजको नागरिकमा खबर छ ।

LEAVE A REPLY