अन्ततः संघीय समाजवादी फोरम पनि सरकारमा जाने

0
335

काठमाडौं, १८ चैत – संविधान संसोधनको माग गर्दै केपी शर्मा ओलीको सरकारमा सामेल हुन नमानेको संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्रीको भारत भ्रमणपछि संघीय समाजवादी फोरमले सरकारमा सहभागी हुने तयारी गरेको नेताहरुले बताएका छन ।

Advertisements

संविधान संशोधनबारे सरकारसँग भएको सहमतिको मस्यौदा तयार भइसकेको र मन्त्रालयको संख्यासमेत टुंगो लागेकाले प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि हस्ताक्षर गर्ने तयारी भएको हो । दुवै पक्षको सहमतिमा संविधान संशोधन गर्ने गरी तयार भएको सम्झौतापत्र प्रधानमन्त्रीको हातमा पुगिसकेको फोरमका वरिष्ठ नेता अशोक राईले वताउनु भएको छ ।

प्रधानमन्त्री ओली भारतबाट फर्केपछि सम्झौतापत्रमा हस्ताक्षर हुने र आफूहरू सरकारमा सहभागी हुने उहाँले वताउनुभयो ।
सरकारसँग भएको सहमतिअनुसार फोरमले दुई मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई सरकारमा ल्याउन प्रधानमन्त्री ओलीले सरकार गठन भएको लामो समय वितिसक्दा हालसम्मपनि मन्त्रीपरिषदलाई पूर्णता दिनुभएको छैन ।

LEAVE A REPLY