संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

0
277

काठमाडौं, १९ चैत । संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा र २ बजे बस्ने राष्ट्रियसभा बैठकमा पूर्वमन्त्री खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।

Advertisements

संसद् बैठकमा शोक प्रस्ताव पारित भएपछि कुनै पनि विषयमा छलफल नहुने भएकाले आजको बैठकमा शोक प्रस्ताव पारितकोमात्रै कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यद्यपी संसद्मा पहिलो बैठक बसेर सोही दिन अर्को बैठक बस्ने प्रचलन रहेको छ । सोहीअनुसार अर्को बैठक बस्न सक्ने सम्भावना समेत रहेको संसद् सचिवालयका सह–प्रवत्ता केशव अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार दोस्रो बैठक बसेमा संसद्मा पेस भएका राष्ट्रियसभा सदस्य निर्वाचन र चिकित्सा शिक्षा स्वीकृत हुनेछ । यस्तै प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली मस्यौदा समितिले तयार पारेको प्रतिवेदन संसद्मा पेस हुने सम्भावना रहेको छ ।

LEAVE A REPLY