नया बर्षमा क्याम्पाचौरमा फुड फेस्टिबल हुदै

0
609

शिव शर्मा चितवन, चैत्र २७ । नेवा: पुच: नारायणगढले नया बर्षको अबसरमा “नारायणगढ फुड फेस्टिबल-२०७५ हुने भएको छ । चैत्र २९ देखि बैशाख ३ गते सम्म क्याम्पाचौरमा फुड फेस्टिबल हुने आयोजकले भरतपुरमा पत्रकार सम्बेलन गरि जानकारी दिएको हो । “क्याम्पाचौर जाऔ, नया बर्ष मनाऔ” भन्ने मूल नाराका साथ कार्यक्रम हुने आयोजन नेवा:पुच: नारायणगढले जनाएको छ । यसपालिको फुड फेस्टिवलमा रास्ट्रीय स्थानीय कलाकारको प्रस्तुति सहित भिमसेनको ठुलो मुर्ति राखिने नेवा:पुच:नारायणगढका अध्यक्ष एबम फुड फेस्टिवल समिति संयोजक ज्ञानेन्द्रमान शाक्यले बताए । 

फेस्टिवलको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गर्नु हुने छ । ५ दिन सम्म चल्ने फेस्टिबलमा करिब ८० वटा स्टल रहने छन् । खानाका पारखी हरु र स्थानीय तथा बाह्य पर्यटकलाइ आकर्षित गर्ने गरि फेस्टिवल संचालन हुने शाक्यले जानकारी दिए । करिब २५ लाख खर्च हुने आयोजकको अनुमान छ । 
फेस्टिवललाइ सम्पन्न गर्न नेवा:पुच:नारायणगढका अध्यक्ष ज्ञानेन्द्र मान शाक्यको संयोजकत्वमा १५ सदस्यीय मूल आयोजक समिति र ११ वटा उपसमिति गठन भएका छन् ।

गोर्खा ब्रुअरी प्रालिको मुख्य प्रायोजन रहने फुड फेस्टिवलको प्रबद्दन उद्योग वाणिज्य संघले गर्ने छ । फेस्टिवल परिसरमा प्रबेस निशुल्क छ ।

Advertisements

LEAVE A REPLY