चार विधेयक छलफलका लागि समितिमा पठाइने

0
313

हेटाँैडा, २९ चैत (रासस) ः प्रदेश नं ३ को प्रदेश संसद्को प्रथम अविधेशनको १३ औँ बैठकले चार विधेयक दफावार छलफलका लागि समितिमा पठाउने निर्णय गरेको छ ।

Advertisements

सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले गाउँनगर र जिल्लासभा सञ्चालन कार्यविधिसम्बन्धी, मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधासम्बन्धी , स्थानीय तहका पदाधिकारी र सदस्यले पाउने सुविधासम्बन्धी र प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक छलफलका लागि समितिमा पठाइने भएको हो । ती विधेयक मुख्यमन्त्री डोरमणि पौडेल र आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले समितिमा पठाउने प्रस्ताव पेश गर्नुभएको थियो ।

LEAVE A REPLY