विवेकशील साझा पार्टीको कार्यालयमा राखिएको ब्यानर जबजस्ती तानियो

0
329

काठमाडौं, वैशाख २८ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने राजकीय भ्रमणका बेला शुक्रबार विवेकशील साझा पार्टीको कार्यालयमा राखिएको ब्यानर प्रहरीले हटाएको छ । 

ब्यानरमा ‘मोदीजी नेपालमा स्वागत छ, तर नाकाबन्दी भुलेका छैनाैँ लेखिएको थियो ।’ पार्टीको बखुन्डोलस्थित केन्द्रीय कार्यालयमा टाँगिएको ब्यानर प्रहरीले जबर्जस्ती हटाएको विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य मानवी पौडेलले ट्वीटमार्फत जानकारी दिनुभएको हो ।

Advertisements

‘सरकारको ज्यादती ! भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला दुइ वर्षअघिको भारतीय नाकाबन्दीप्रति विरोध जनाउन विवेकशील साझा पार्टीले बखुन्डोलस्थित आफ्नो कार्यालयमा ‘मोदी जी स्वागत छ तर नाकावन्दी बिर्सेका छैनौँ’ लेखेर राखेको ब्यानर प्रहरीले जबर्जस्ती निकालेर लगेको छ’, ट्वीटमा भनिएको छ ।

LEAVE A REPLY