‘सरकारको जनविरोधी काम प्रति कांग्रेस नेताको चर्को आपत्ति ’ (बिज्ञप्ति सहित )

0
1317

चितवन, भदौ ०२ । संघीयतालाई बदनाम हुनेगरि सरकारले अस्वभाविक निर्णय शुरु गरेको प्रति नेपाली कांग्रेसका महासमिति सदस्य दिनेश कोइराला र प्रकाश अधिकारीले चिन्ता ब्यक्त गरेका छन् । कर र ऐन संसोधनगरि ल्याइएको संहिताले मुलुक अधिनायकबाद तर्फ जाने संभावना देखिएको उनीहरुको ठहर छ । कोइराला र अधिकारी नेपाली कांग्रेस जिल्ला अधिबेशनमा सभापतिका प्रत्यासी एबम प्रदेश सभा सदस्य उम्मेदवार समेत थिए । सरकारका पछिल्ला निर्णयका बिरुद्ध चिकित्सकदेखि पत्रकारसम्मले आपत्ति जनाएका छन् । 

सरकारले संघीयतालाई नै धरापमा पार्ने गरि सरकारले विभिन्न निर्णय गरेको ले अब कांग्रेस चुप नबस्ने समेत बताइएको छ । आज जारि गरिएको बिज्ञप्तिमा “२०४९ सालमा स्थापना भएको यो क्यान्सर अस्पताललाई खण्डिकरण गर्ने प्रयास अहिले भरतपुर महानगरपालिकाले शुरु गरेको छ । अस्पताल जस्तो संबेदनशिल बिषयमा पुर्बाग्रह राखेर जनबिरोधी काम गर्ने निर्णय प्रति हाम्रो गंभिर आपत्ति छ ।” भनिएको छ । “स्वास्थ्य मन्त्रालयले भरतपुर महानगरपालिकालाई क्यान्सर अस्पतालको जमिनमा सिटी हल निर्माण गर्न दिने निर्णयप्रति हामीलाई चिन्तित बनाएको छ ।” कांग्रेस सभापति शेर बहादुर देउवाले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जग्गा सिटी हल निर्माणका निम्ति स्वास्थ्य मन्त्रालयले भरतपुर महानगरपालिकालाई दिएको निर्णय प्रति बिरोध जनाइसकेका छन् । अस्पतालमा तत्काल शैया बृद्दि गरि क्यान्सर रिसर्च सेन्टर तथा प्रतिस्थानको रुपमा समेत बिकास गर्नु पर्ने माग गरिएको छ । 

“अस्पताललाई दुरगामी असर पार्छ भनेर स्वास्थ्य मन्त्रालयको निर्णयले अस्पतालबाट भइरहेको बर्तमान सेवालाई अझै खुम्च्याएर लाने संभावना बढेर गएको छ । स्वास्थ्य मन्त्रालयले एकलौटी निर्णय गरेर जग्गा अरुलाई दिन पाउने अधिकार छैन । किनकी अस्पतालको यो जमिन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र स्वास्थ्य मन्त्रालयको नाममा दर्ता छ । त्यसैले स्वास्थ्य मन्त्रालयको एकलौटी निर्णय कानुन बिपरित निर्णय हो ।” बिज्ञप्तिमा खुलाइएको छ । 

अस्पतालमा दुर्गम क्षेत्रका बिपन्न जनतादेखि भारतका बिभिन्न राज्यबाट मानिसहरु उपचारका लागि आउने गरेका छन् । अस्पतालको सेवा र सुबिधालाई बिस्तार गर्न ध्यान नदिई बिभिन्न प्रकारका गलत षडयन्त्रको शिकार अस्पताल भइरहेको कोइराला र अधिकारीद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ । यसको प्रत्यक्ष मारमा बिरामीहरु पर्दे आएको ठहर छ । पछिल्लो पटक अस्पतालको बाताबरणलाई खलल पार्ने गरि सिटीहल बनाउने निर्णय गरेर भरतपुर महानगरपालिकाले चरम गैरजिम्मेवारपन देखाएको प्रमाणित भएको आरोप लगाइएको छ ।

Advertisements

त्यस्तै भरतपुर महानगरपालिकाले जनताको ढाड सक्ने गरि पछिल्लो पटक बृद्दि गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । पछिल्लो कर बृद्दि जनतामारा शासनको नमुना भएका ले यसको खारेजको माग गरिएको छ । महानगरपालिकाले दिर्घकालिन बिकासका कामहरुलाई जोड दिएर सडक, ढल निर्माण, ब्यक्तिगत आबास, खानेपानी, शिक्षा, स्वास्थ्य, मनोरञ्जनस्थल लगायतका निर्माण कार्य दिर्घकालिन र अन्तराष्ट्रिय प्रणाली अनुसार सुरुवात गर्न आग्रह गरिएको छ । केहि दिन अघि भरतपुर महानगरले गरेको बार्षिक समिक्षामा कार्यक्रमलाइ मेयर द्वारा एकलौटि निर्णय र दम्भ प्रस्तुत गरेको भन्दै कांग्रेसबाट निर्वा्चित उपमेयर पार्वती शाह लगाएत वडा अध्यक्षले बहिस्कार गरेका थिए ।

LEAVE A REPLY