कांग्रेसभित्र गुपचुप रुपमा थालियो अनौठो अभियान

0
394

काठमाडौं मङ्सिर ०१ । जनाधार भएका तर कांग्रेस केन्द्रका नेताहरुको वरिपरी नघुम्ने भनी कहलिएका सशक्त युवा नेताहरुले विशेष अभियान चलाउन थालेका छन् । उनीहरुले संकल्प यात्रा चलाउन भित्रभित्रै तयारी गरिरहेको स्रोतको भनाई छ ।

Advertisements

संकल्प यात्राको वैठकमा सहभागी युवा नेता नारायण भट्ट्राई का अनुसार कांग्रेसलाई सशक्त बनाउन अब देशव्यापी रुपमा संकल्प यात्रा चलाइने छ । स्रोत अनुसार संकल्प यात्राको नाममा पूरै कांग्रेसमा वैचारिक उथलपुथल ल्याउने तयारी युवा नेताहरुको छ । उनीहरुले देशव्यापी रुपमा युवाहरुलाई सम्पर्क थालेको बुझिएको छ ।
अब गुटभन्दा माथि उठेर पार्टी नभनी सुखै छैन,’ संकल्प यात्रा एक नेता दिनेश कोइरालाले भने । राजधानीमा आयोजित संकल्प यात्राको अनौपचारिक वैठकमा उनले भने ‘समृद्ध नेपालका नयाँ र अकल्पनीय चुनौतीहरु सामना गर्ने काम नेपाली कांग्रेस बाहेक कसैले नसक्ने देखियो ।’

संकल्प यात्राका एक अभियन्ताका अनुसार यो यात्रा कुनै गुटसँग सम्बन्धित हुने छैन, बरु, सबै गुटहरुभन्दा माथि उठेर पार्टीको पक्षमा हुनेछ । ‘हामी यस्तो संकल्प र यस्तो यात्रा गर्ने योजनामा छौं जो कांग्रेसमा विगतमा कहिल्यै भएको थिएन’, संकल्प यात्राका एक नेताले दावी गरे । 

राजधानीमा शनिबार भएको संकल्प यात्रा वैठकमा कांग्रेसका युवा नेताहरु हर्ष वम, जगप्रसाद जोशी, हरी आचार्य, मेदनी सिटौला, विमल सङ्ग्रौला ,प्रताप गुर्धामी,बिष्णु पन्थी कलम ब खत्री,ऋषि थपलिया,कुमार लुइँटेल,, सूर्यकान्त कोइराला, हुर्मत न्यौपाने ले आ-आफ्नो धारणा राखेको बुझिएको छ । संकल्प यात्राका अभियन्ताहरुले आगामी दिनमा देशव्यापी रुपमा वैचारिक उथलपुथल ल्याइने दावी गरेका छन् ।

LEAVE A REPLY