चितवनमा रास्ट्रिय स्तरको ब्यक्तित्वकला प्रतियोगिता हुने

0
207

पूर्ण प्रसाद शर्मा गैडाकोट, ४ मंसिर ।युथ भिजन गु्रप काठमाडौंले यहि मंसीर ८ गते शनिवार चितवनमा रास्ट्रिय स्तरको बक्तित्वकला प्रतियोगिताको चितवन अडिसन गर्ने भएको छ । सन् २०१५ मा स्थापना भएको ग्रुपले अहिले सम्म ६०० जना भन्दा बढीलाई वाक कलाको तालिम दिइसकेको छ । युवाहरुमा ब्यक्तित्व तथा नेत्रित्व बिकास गर्ने अभीप्रायले उक्त कार्यक्रमको आयोजना गरिएकोे हो । छनौट चरणमा प्रतियोगीले आफुलाई मन परेको बिषयमा ५ मिनेट सम्म बोल्न पाउने छन भने अन्तिम चरणमा भने निर्णायकले दिएको बिषमा समेत बोल्नु पर्ने गु्रपका प्रबन्ध निर्देशक छबी शर्माले बताए ।

Advertisements

यो अडिसन जुन सुकै उमेर समुहका ब्यक्तीहरु सहभागी हुन सक्ने शर्माले जानकारी दिए । सो कार्यक्रम बिभिन्न संचार माध्यम बाट प्रत्यक्ष प्रसारण समेत गरिनेछ प्रबन्ध निर्देशक शर्माले थपे । उक्त अडीसनमा भाग लिन मङ्सिर ७ गते सम्म फर्म भरिसक्नु पर्ने ग्रुपका प्रबन्ध प्रबन्ध छबि शर्माले बताए । फर्म युनिक्याम्पस एजुकेशन नेटवर्क शहिदचोकमा उपलब्ध हुनेछ । 

प्रतियोगितामा प्रथम हुनेलाई रु २५००० नगद , दोश्रो र तेश्रोलाई क्रमश १५ हजार र १० हजार प्रदान गरिनेछ । यो अलावा बिजेतालाई बिभिन्न किसिमका टुर प्याकेज , १ बर्षको लागि युथ भिजन टोस्ट मास्टर क्लबमा फ्री सदस्यता, रास्ट्रिय स्तरको सेमिनारमा भाग लिन पाउने ब्यवस्था लगायत अन्य उपहारहरु समेत उपलब्ध गराउने कुरा ग्रुपका अफिस सेक्रेटरी श्रद्धा सुबेदीले बताईन ।

LEAVE A REPLY