फलोअप: सहिद स्मृति माविको बृहत धनधान्याञ्चल ज्ञान महायज्ञको यसरी हुदैछ तयारी !

0
319

भरतपुर ०५ मङ्सिर । भरतपुर–६ पारसनगरमा रहेको सहिद स्मृति माविको बृहत धनधान्याञ्चल ज्ञान महायज्ञको तयारि तिब्र पारिएको छ । स्वर्ण महोत्सबको अबसरमा आफ्ना भाबि सेवालाई समय सापेक्ष गुणस्तरिय एवं प्रभाबकारी बनाइ बिद्यालयको भौतिक संरचना निर्माण गरि कक्षा ११र१२ र प्राबिधिक शिक्षाका कक्षा संचालनका लागि आर्थिक संकलन गर्न महायज्ञ आयोजना गर्न लागिएको हो । पौष ५ गते देखि १३ गते सम्म संचालन हुने महायज्ञमा श्रीमद्भागवत पारायण तथा कथा बाचन युवा पण्डित बालकृष्ण अर्यालले गर्नु हुनेछ ।

Advertisements

महायज्ञ सफल बनाउन ५७ वटा उप–समिति गठन गरि तयारि तिब्र पारिएको महायज्ञ मूल समारोह समितिका संयोजक एवं बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद तिवारीले बताए । दैनिक ५÷६ वटा उपसमितिको बैठक बसी योजना तर्जुमा तथा जिम्मेवारी बाडफाड भैरहेको छ । “विद्यालयको शिक्षालाइ समय सापेक्ष बनाइ प्राबिधिक शिक्षा र कक्षा ११ र १२ संचालन तथा जग्गा खरिद गर्न महायज्ञ गर्न लागिएको छ ।” उनले भने,“सम्पूर्ण शिक्षा प्रेमी, समाजसेवी , धर्मानुरागीमा तन,मन र धनले सहयोग गर्दिनुहुन अनुरोध गर्दछु ।” उनले महायज्ञ बाट हुने आर्थिक संकलनले समग्र विद्यालयको भौतिक र शैक्षिक सुधारमा टेवा पुग्ने विश्वास ब्यक्त गरे ।

त्यस्तै बिद्यालयका प्रधानाध्यापक दिपेश पौडेलले आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गरि महायज्ञलाइ सफल बनाउन सम्पूर्ण धर्म अनुरागीमा आग्रह गरे । उनका अनुसार सरकारी बिद्यालयमा कक्षा १० सम्म पूर्ण रुपमा निशुल्क अंग्रेजी माध्यमबाट पठाई हुने यहा आवस्यक भौतिक पूर्वाधारको अभाबमा दैनिक शैक्षिक क्रियाकलाप संचालन गर्न कठिन भएको छ । छोटो अवधिको पढाइबाट पनि रोजगार सुनिश्चित हुने र विद्यार्थीको आकर्षण पनि प्राविधिक शिक्षामा बढ्दै गएकोले विद्यालयले शैक्षिक कार्यक्रम थप गर्ने उद्देश्यले श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ गर्न लागेको पौडेलले जानकारी दिए ।
नर्सरी देखि कक्षा १० सम्म अध्यनअध्यापन हुने विद्यालयमा महायज्ञमा संकलित रकमबाट प्राविधिक शिक्षा संचालन संगै कक्षा ११ र १२ समेत संचालन गर्ने लक्ष्य राखिएको छ । त्यसको लागि अहिले ८ कठ्ठा क्षेत्रफल रहेको विद्यालयको जमिन बढाउदै भवन संगै भेटनरी विषय र इलेक्ट्रीक प्लमीङ्ग विषयका कार्यक्रम पनि विद्यालयले सुरु गर्नेे लक्ष्य राखेको श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ एवम् स्वर्णमहोत्सव समारोहका प्रवक्ता भगीरथ तिमल्सिनाले जानकारी दिनुभयो ।
धान्याञ्चलको तयारीलाई तिब्रता दिन हरेक दिन ५÷६ वटा उपसमितिको बैठक बसी योजना तर्जुमा तथा जिम्मेवारी बाडफाड गर्ने गरेका छन् ।
आज (बुधबार) कलस ब्यबस्थापन र आरति ब्यबस्थापन समितिको बैठकले जिम्मेवारी बाडफाड गरि कामलाइ तिब्र पारेका छन् । अहिले केहि बेरमा भूपू बिद्यार्थी उपसमितिको बैठक बस्ने छ । बैठकले भूपू बिद्यार्थीलाइ परिचालन गरि महायज्ञलाई ब्यबस्थित बनाइने गरि योजना तर्जुमा गर्ने सो उपसमितिका संयोजक दिनेश पौडेलले बताए ।
४ करोड ५० लाख आर्थिक संकलन गरिने लक्ष्य राखिएको सो महायज्ञ सम्पन्न गर्न करिब ४० लाख खर्च हुने अनुमान गरिएको छ ।
बिक्रम सम्बत २०२४ सालमा स्थापित सहिद स्मृतिले गुणस्तरीय शिक्षाको लागि निशुल्क अंग्रेजी माध्यमको पठनपाठन,कक्षा कोठामा स्मार्ट बोर्ड , प्रोजेक्टर मार्फत कक्षा संचालन, इ(लाइब्रेरि, साइन्स ल्याब लगाएतको व्यवस्था गरेपनि आवस्यक भौतिक पूर्वाधार र खेल मैदानको अभाब छ । । जम्मा २४ वटा कोठा रहेको विद्यालयमा ५ सय भन्दा बढि विद्यार्थी अध्यनरत छन् ।

LEAVE A REPLY