सहिद स्मृति माविको धनधान्याञ्चलको तयारी स्वरुप जिम्मेवारी बाडफाड र तयारीको समिक्षा

0
239

भरतपुर मङ्सिर ०८ । भरतपुर–६ पारसनगरमा रहेको सहिद स्मृति माविको बृहत धन–धान्याञ्चल ज्ञान महायज्ञको तयारीले तिब्रता पाएको छ । दैनिक उपसमितिहरुको बैठक बसी जिम्मेवारी बाडफाड र तयारीको समिक्षा हुने गरेका छन् । आज (शनिवार) आपूर्ति उपसमिति, प्रचारप्रसार उपसमिति र संघ सस्था समन्वयन उपसमितिको छलफल भए । छलफलमा अन्तिम तयारीका लागि कुनै कसुर बाकी नराख्ने गरि काम तिब्र पारिएको सम्बन्धित उपसमिति संयोजकहरुले जनाएका थिए । महायज्ञमा प्रचार प्रसारलाइ बिशेष प्राथमिकतामा राखेर तयारि तिब्र पारिएको उपसमिति संयोजक मुना गुरुङ्गले बताइन ।

Advertisements

स्वर्ण महोत्सबको अबसरमा आफ्ना भावी सेवालाई समय सापेक्ष गुणस्तरिय एवं प्रभाबकारी बनाइ बिद्यालयको भौतिक संरचना निर्माण गरि कक्षा ११र१२ र प्राबिधिक शिक्षाका कक्षा संचालनका लागि आर्थिक संकलन गर्न महायज्ञ आयोजना गर्न लागिएको हो ।

पौष ५ गते देखि १३ गते सम्म संचालन हुने महायज्ञमा श्रीमद्भागवत पारायण तथा कथा बाचन युवा पण्डित बालकृष्ण अर्यालले गर्नु हुनेछ ।
महायज्ञमा आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गरि महायज्ञलाइ सफल बनाउन शिक्षाप्रेमि धर्म अनुरागीमा महायज्ञ मुल समारोहका संयोजक बिष्णु प्रसाद तिवारी र बिद्यालयका प्रधानाध्यापक दीपेश पौडेलले आग्रह गरे ।

सरकारी बिद्यालयमा कक्षा १० सम्म पूर्ण रुपमा निशुल्क अंग्रेजी माध्यमबाट पठाई हुने यहां आवस्यक भौतिक पूर्वाधारको अभाबमा दैनिक शैक्षिक क्रियाकलाप संचालन गर्न कठिन भएको छ । बिद्यालयमा आधारभूत तह कक्षा १ देखि ८ सम्म स्वीकृत दरबन्दी रहेपनि माध्यमिक तहमा राहत र निजि स्रोतका शिक्षकहरुले पठनपाठन गराउदै आएका छन् । बिद्यालयमा हाल २२ शिक्षक कार्यरत छन् । ४ करोड ५० लाख आर्थिक संकलन गरिने लक्ष्य राखिएको सो महायज्ञ सम्पन्न गर्न करिब ४० लाख खर्च हुने अनुमान गरिएको छ ।

LEAVE A REPLY